सम्झनुस् त कमरेड प्रचण्ड तपाईंले के गर्नुभयो?

नारायण भट्टराई
१३ पुष २०७९ १०:३३

सम्माननीय प्रधानमन्त्री ज्यू
नमस्कार !

सर्बप्रथम् त गणतन्त्र नेपालको ४४ औं प्रधानमन्त्री हुन सफल हुनुभएकोमा हार्दिक बधाइ। तपाईंजस्तो क्रान्तिकारी नेताको नेतृत्वमा देशले काँचुली फेर्ने छ भन्ने कुरामा मजस्ता करोडौ नेपालीले आशा र भरोसा गरेका छौं।

नेपाली राजनीतिको भूमध्य रेखामा तपाईं प्रचण्ड अवतारको रुपमा उदाउँदै गर्दा बहुसंख्यक नेपालीले जस्तै मैले पनि एक ससक्त क्रान्तिकारी, जननेताको रुपमा हजुरलाई पाएको थिएँ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भएपछि पनि सदियौदेखि नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती प्रथाको उत्पीडन बाट सर्ब साधारण नेपालीले छुटकारा पाउन सकेका थिएनन्।

तत्कालीन शासकहरुले जनताको मर्का बुझेर काम गर्न नसक्दा मजस्ता धेरै युवाहरु तपाईंले नेतृत्व गरेको जनयुद्धमा सरिक हुन बाध्य भएका थिए। आफ्नो घरबार र जीवनका कथा व्यथाहरु भुलेर परिवर्तनको तपाईंले बाँढेको सपनाको संसारमा हराएका थियौं।

कसैले कपी कलम, कसैले गाइबस्तुको गोठ, कसैले सुहागरात, कसैले बालक छोराछोरी त कसैले बृद्ध बुबा आमालाई घरमै छोडेर तपाईंले तोकेको बन्दुक बोकेर जंगल पसेका थियौं। त्यो युद्धले साच्चिकै जनताको सत्ता स्थापित गर्ला भन्ने आशा म जस्ता कैयौं युवाले गरेका थिए।

आफ्नो घरबार र जीवनका कथा व्यथाहरु भुलेर परिवर्तनको तपाईंले बाँढेको सपनाको संसारमा हराएका थियौं। कसैले कपी कलम, कसैले गाइबस्तुको गोठ, कसैले सुहागरात, कसैले बालक छोराछोरी त कसैले बृद्ध बुबा आमालाई घरमै छोडेर तपाईंले तोकेको बन्दुक बोकेर जंगल पसेका थियौं। त्यो युद्धले साच्चिकै जनताको सत्ता स्थापित गर्ला भन्ने आशा म जस्ता कैयौं युवाले गरेका थिए। तर दुखका साथ भन्नु परेको छ त्यो युद्ध जसका लागि भनेर गरिएको थियो त्यो बर्गको जिविकाको सवालमा खासै केही गर्न सकेको देखिएन।

तर दुखका साथ भन्नु परेको छ त्यो युद्ध जसका लागि भनेर गरिएको थियो त्यो बर्गको जिविकाको सवालमा खासै केही गर्न सकेको देखिएन। तपाईं र तपाईंले नेतृत्व गर्नु भएको पार्टी २०६३ सालदेखि यता कुनै न कुनैरुपमा सत्तामा छ र महत्वपूर्ण मन्त्रालयहरु सम्हाल्दै कहिले आफ्नै नेतृत्व त कहिले गठबन्धनमार्फत शासनमा हुँदा पनि युवाहरु विदेशिने लर्को रोकिएन, देशमा उद्योग धन्दा खुलेनन्, कृषि उपजमा बिचौलियाको पकड हटेन, कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाएका छैनन्।

माओबादी पार्टी शान्तिपुर्ण राजनीतिमा आएपछि देखिने गरी भएको परिवर्तन भनेको तपाईंको व्यक्तिगत जीवन शैली र तपाईंको वरिपरि फेरो लगाउने केही स्वार्थी समूहको जीवन शैली हो। तपाईं र उहांहरु अहिले सम्भ्रन्त बर्गका प्रतिनिधिजस्ता देखिनु भएको छ।

त्यही जनयुद्धको राप र तापले तपाईंलाई गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो।

तपाईंले प्रधानमन्त्री भएपछि गर्नसक्ने कामहरुको ठूलो चाङ थियो। युद्धका घाउहरुमा मलम लगाउने, क्रान्तिकारी भूमिसुधार लागु गरेर भूमिहीन सुकुम्बासीको ब्यबस्थापन गर्ने, देशमा कृषि क्रान्तिको बिगुल फुक्ने अनि देशलाई स्वाबलम्बनको बाटो देखाउने, बिदेशिएका नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, बिदेशमा सीप र ज्ञान आर्जन गरेका दक्ष नेपाली युवा र बौद्धिक बर्गको सहयोग र परामर्शमा देशको औधोगिक र पूर्वाधार विकासको नयाँ ढोका खोलेर देशलाई संवृद्धिको मार्ग तर्फ डोर्‍याउने।

तर सम्झनुस त तपाइले के गर्नुभयो? नेपाल र भारतको साँस्कृतिक सम्बन्धलाई नजरअन्दाज गरेर अनि बर्षौदेखि लाखौ युवाहरु रोजगारीको लागि भारत पलायन भइरहेको तथ्यलाई ख्याल नगरीकन पशुपतिका भट्टलाई हटाउन खोज्नु भयो र असफल हुनभयो।

त्यस्तै तपाईंले सेनापतीलाई हटाउन खोज्नु भयो र असफलमात्र हुनु भएन ती दुवै कार्यमा सबत्र आलोचना भोग्दै छोटो समयमै आफ्नै कारणले सत्ताबाट बाहिरिनु पर्यो। आम नेपालीको जनजीविकाको सवालमा तपाइँले केही पनि गर्न सक्नु भएन।

यदि तपाईंले अलिकति पनि दुरदर्शिता र बिबेक प्रयोग गर्न सक्नु भएको भए २०५१ सालमा केवल ९ महिना प्रधानमन्त्री भएर सम्पूर्ण नेपालीको मनमा बस्न सफल तपाईंजस्तै कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका कार्यकालमा भएका कामबाट केही सिक्न सक्नुहुन्थ्यो।

मनमोहनको सरकारले गरेजस्तो प्रत्यक्ष रुपमा सामान्य नेपालीलाई राहत पुग्ने गरी काम गरेर रेकर्ड बनाउने अरु कुनै पनि सरकार देखिएका छैनन्। उक्त सरकारको त्यही कामको कारण अहिलेसम्म नेकपा एमाले नेपालको सबैभन्दा पपुलर पार्टी हुन सफल भएको छ।

नेपाल र भारतको साँस्कृतिक सम्बन्धलाई नजरअन्दाज गरेर अनि बर्षौदेखि लाखौ युवाहरु रोजगारीको लागि भारत पलायन भइरहेको तथ्यलाई ख्याल नगरीकन पशुपतिका भट्टलाई हटाउन खोज्नु भयो र असफल हुनभयो। त्यस्तै तपाईंले सेनापतीलाई हटाउन खोज्नु भयो र असफलमात्र हुनु भएन ती दुवै कार्यमा सबत्र आलोचना भोग्दै छोटो समयमै आफ्नै कारणले सत्ताबाट बाहिरिनु पर्‍याे। आम नेपालीको जनजीविकाको सवालमा तपाइँले केही पनि गर्न सक्नु भएन।

त्यो सरकारले गरेका दुइवटा मुख्य कार्य थिए-गाउँ गाउँमा बजेट पुर्याउने अनि बृद्धहरुलाई भत्ता दिने। जनतालाई राहत पुग्ने एउटा निर्णयको प्रभाव कति दीर्घकालीन हुनसक्दो रहेछ भन्ने प्रमाण तपाईंका सामु थियो। तर तपाईंको ध्यान त्यसतर्फ जान सकेन। बरु केही उत्तेजनात्मक काम गर्न थाल्नुभयो र परिणामस्वरुप असफलता बोकेर सत्ताबाट निकालिनु भयो।

तर हामी नेपालीको दुर्भाग्य नै भन्नु पर्छ हजुरजस्तो ओजस्वी, प्रभावशाली, क्रान्तिकारी प्रधानमन्त्री पाएर पनि देशले चाहिं फगत अस्थिरता, अराजकता, र दण्डहिनताबाहेक केही पनि पाएन।

सम्झन सक्नु हुन्छ तपाईंले गरेको कुन निर्यणले कुन गरिब र निमुखा नेपालीलाई के सहयोग पुग्यो? दुनियाले देखेको कुरा हो तपाईंसँगको सामिप्यताले ठेकेदारलाई फाइदा पुग्यो, स्वास्थ र शिक्षा क्षेत्रका माफियाहरुलाई कानुन मिचेर आफ्नो व्यापार बढाउन सहयोग पुग्यो, देशमा परनिर्भरता झन झाँगिदै गयो, अनि तपाईंजस्ता नेताको ध्यान चाहिँ सत्तामा पुग्ने र पुर्‍याउने कुरामा मात्रै केन्द्रित भयो।

आज फेरि समयक्रमले तपाईंलाई सत्ताको बागडोर सम्हाल्ने स्थानमा पुर्याएको छ। तपाईंले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा एयरपोर्टमा बिदेशिन लाइन लागेका युवाहरुको लाइन झन बढेको छ, बौद्धिकता पलायनको अवस्था भयावह छ, महंगीले मानिसको ढाड सेकेको छ, उत्पादन र सेवाका क्षेत्रमा बिचौलिया र माफियाको बिगबिगी छ, जनतामा चरम नैराश्यता छ।

यी सबै बेथितिका बीचमा आज फेरि तपाईंका सामु ठूलो अवसर छ। कम्तिमा एउटा काम गर्नुस् जसले गर्दा तपाईंका घरबेटीलाई होइन, तपाईंको वरिपरि भुनभुनाउने स्वार्थी मानिसको झुण्डलाई होइन, तपाइको पार्टीको कार्यकर्तालाई मात्र होइन, तपाईंले कहिलै नभेटेको, नदेखेको अनि नसुनेको जीवनमा कसैको सहयोग नपाएको सामान्य नेपालीलाई सहयोग पुगोस्।

तपाईं एउटा यस्तो काम गर्न सक्नुहोस् जसले गर्दा मजस्तो मनमा देश बोकेर विदेशको सेवा गरिरहेका नेपालीले नेपाल फर्किएर देश बिकासमा केही टेवा पुर्‍याउन सकुन।

तपाईं एउटा यस्तो काम गर्नुस् जसले गर्दा केवल हातमुख जोड्ने समस्या समाधान गर्नकै लागि मात्र कुनै नेपालीले खाडीको घाममा जलेर खरानी हुनु नपरोस्।

तपाईं प्रधानमन्त्रीको कुर्सीबाट एउटा यस्तो अस्त्र प्रहार गर्न सक्नुहोस् जसले निर्मला पन्त र नवराज बिकजस्ता निर्दोष नेपालीलाई न्याय पाउनबाट बन्चित गर्ने अराजक तत्वहरु सधैको लागि परास्त हुन सकुन्।

सफत ग्रहण समारोहमा तपाईंको पहिरनमा देखिएको परिवर्तनको प्रभाव देशको सर्बोच्च पदमा रहेर कार्यसम्पादन गर्दैगर्दा तपाईंको मनमा पनि पर्न सकोस्। सफल कार्यकालको शुभकामना छ।

सान फ्रान्सिस्को, क्यालिफोर्निया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *