आफैले वीर्यको सुई लगाएर गर्भवती भइन् युवती, जन्माइन् बच्चा
काठमाडौं । एउटी युवतीले आफ्नो गर्भावस्थाको बारेमा यस्तो खुलासा गरिन्, जसले गर्दा मानिसहरु छक्क परे । युवतीले आफूले गर्भवती हुन क्याल्पोल इन्जेक्शन सिरिन्ज प्रयोग गरेको दाबी गरेकी छन् । जसका कारण उनी गर्भवती मात्र भइनन्, स्वस्थ बच्चालाई पनि जन्म दिइन् ।
यी २३ वर्षीया युवतीको नाम श्यानन नाजारोभिज हो । उनी इंग्ल्याण्डको म्यानचेस्टर निवासी हुन् । द सनका अनुसार उनले शुक्राणु इन्जेक्ट गर्न क्याल्पोल सिरिन्ज प्रयोग गरेकी थिइन् । १९ वर्षको उमेरमा उनले यही प्रक्रियाबाट सन्तानलाई जन्म दिएकी थिइन् र अहिले उनी छोरीकी आमा बनेकी छिन् ।
श्याननले टिकटकमा आफ्नी छोरी ओशनको बारेमा भिडियोहरू सेयर गर्छिन्। हालै, जब उनले टिकटक भिडियोमा आफ्नो गर्भावस्थाको बारेमा बताइन्, मानिसहरूले पत्याउन सकेनन्। श्यानन गर्भवती भएको प्रविधिलाई होम इन्सेमिनेशन भनिन्छ।
श्याननले भनिन् कि उनले पहिलो पटक शुक्राणु दाता खोजिन् । उनलाई धेरै समय लागेन । उनलाई फेला पारेको तीन महिना भित्र उनी क्याल्पोल सिरिन्ज प्रयोग गरेर गर्भवती भइन्। उनले यो प्रक्रियालाई होम इन्सेमिनेशन भनिन् ।
श्याननले आफू समलैंगिक भएकाले डोनर र सिरिन्ज प्रयोग गरेको पनि बताइन् । श्यानन भन्छन् कि यसले काम गर्न सक्छ भन्ने कुरामा मानिसहरू अझै विश्वस्त छैनन् जस्तो देखिन्छ। त्यसैले मैले यस विषयमा धेरै भिडियोहरू बनाएको छु।
Facebook Comment