कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन
![कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन](https://www.dcnepal.com/wp-content/uploads/2023/01/dilli.jpg)
बुटवल। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।
दलको नेताका लागि संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए।
तर दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी सर्वसम्मत भएका हुन्। संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्।
लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन्। बहुमत सदस्य संस्थापन पक्षका छन्। लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन्।
प्रतिक्रिया
Facebook Comment