ऋषभ पन्तलाई आईसीयूबाट बाहिर निकालियो, कस्तो छ अहिलेको अवस्था ?

डिसी नेपाल
१८ पुष २०७९ १६:३०

काठमाडौं । सडक दुर्घटनामा घाइते भएका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीयूबाट निजी सुइटमा सारिएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पन्तको कार रुडकी नजिकै शुक्रबार (डिसेम्बर ३०) दुर्घटनामा परेको थियो । त्यसयता उनी देहरादूनको एक अस्पतालमा भर्ना छन् । शर्माले भने, ‘पन्तको स्वास्थ्यमा सुधार भइरहेको छ । संक्रमणको डरले उनलाई निजी सुइटमा सारिएको छ।”

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, अभिनेता अनिल कपुर, अनुपम खेरलगायत धेरैले पन्तलाई भेटेका छन् । तर, शर्माले पन्तले धेरै मानिस भेट्न नहुने बताएका छन् । यसले संक्रमणको जोखिम बढ्न सक्ने उनले बताए ।

शर्माले भने, ‘पन्तलाई भेट्न जानेहरुले त्यसो नगर्नु पर्छ । यसो गर्दा संक्रमणको जोखिम हुन सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *