रवि र करिश्माको सम्बन्ध ऋषिको ‘धमलाको हमलामा’ छताछुल्ल (भिडियोसहित)
टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनकी पूर्वपत्नी इशा लामिछानेको विवाद यसपटक सार्वजनिक भयो । रवि लामिछानेसँगको सम्बन्धबारे एक अनलाईनसँग कुराकानी गर्दै पूर्वपत्नी इशाले एक अंशमा भनेकी छिन्, ‘म अमेरिका गएपछि रविजी ति महिलासँग टाढिनुभयो । दुवैजना विवाहित भएकोले सम्बन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई । म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ ।
जहान,परिवारवाली प्रतिष्ठित (अहिले ‘प्रतिष्ठित’ हटाएको) व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ ।’ इशाले नेपालकी प्रतिष्ठित र जहान–परिवारवाली भनेर कसलाई भनेकी हुन् त ? उनले यति सूचनाबाहिर ल्याएपछि मिडिया क्षेत्रमा ति महिला फिल्म नायिका करिश्मा मानन्धर हुन् भनेर चर्चा हुन थाल्यो ।
तर कसैको नाम लिएर टिकाटिप्पणी गर्नु शोभनीय हुँदैन । सम्बन्ध रहेकै भए पनि निजी मामिला उचालेर कसैको बारेमा नकारात्मक टिप्पणी गर्नु अझै असभ्य हुन सक्छ । संयोग कस्तो पर्यो भने, पत्रकार ऋषि धमलाले तीन वर्षअगाडि आफ्नो कार्यक्रम ‘धमलाको हमला’मा यहि कुरा उठाएका रहेछन् ।
Facebook Comment