ऋषभ पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बइ लगिने, कोकिलाबेन धीरूभाइ अस्पतालमा भर्ना गरिने
काठमाडौं । घाइते क्रिकेटर ऋषभ पन्तलाई मुम्बई सार्ने तयारी पूरा भएको बीबीसीआईले जनाएको छ । देहरादुनको म्याक्स अस्पतालमा भर्ना भएका पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिनेछ । पन्तलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिनेछ।
उनको उपचार खेलकुद मेडिसिन विभागका प्रमुख तथा आर्थ्रोस्कोपी एण्ड शोल्डर सर्भिसेजका निर्देशक डा. दिनशाव पर्दिवालाले गर्नेछन् । पन्तको लिगामेन्ट टियरको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
ऋषभ पन्त ३० डिसेम्बरमा रुड़की नजिक कार दुर्घटनामा घाइते भएका थिए । बीसीसीआईले आफ्नो विज्ञप्तिमा भनेको छ, “बोर्डले ऋषभको छिट्टै स्वास्थ्यलाभको लागि सम्भव सबै प्रयास गर्नेछ र उनलाई आवश्यक सबै सहयोग गर्नेछ।”
टीम इन्डियाका प्रशिक्षक राहुल द्रविड, ट्वान्टी-२० कप्तान हार्दिक पाण्ड्या र उपकप्तान सूर्य कुमार यादव लगायत टीम इन्डियाका धेरै खेलाडीले भिडियोमार्फत ऋषभलाई शुभकामना दिएका छन् र उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
Facebook Comment