सक्खरको चिया स्वास्थ्यका लागि फाइदाजनक, यी समस्यालाई हटाउँछ

डिसी नेपाल
२१ पुष २०७९ १२:११

काठमाडौं । जाडो मौसममा चिया धेरै मात्रामा खपत हुने गर्दछ । मानिसहरुको दिन पनि यही चियाबाट सुरु हुने गर्दछ । जाडोमा तातो राख्न मानिसहरु दिनमा धेरै पटक चिया पिउने गर्छन् । तर, चियाको अत्याधिक सेवन हानिकारक हुन सक्छ। चियाको अत्याधिक सेवन नगर्न स्वास्थ्य विज्ञहरु सुझाव दिन्छन् । तर यदि चिया पिउने हो भने सक्खरको चिया स्वास्थ्यका लागि राम्रो विकल्प हुन सक्छ ।

सक्खर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सक्खरमा प्रचुर मात्रामा प्रोटिन, भिटामिन बी १२, क्याल्सियम, आइरन जस्ता पोषक तत्व पाइन्छ । यी सबै शरीरलाई स्वस्थ राख्नका लागि उपयोगी हुन्छन् । सक्खरको प्रभाव तातो हुन्छ, त्यसैले जाडो मौसममा शरीरलाई न्यानो राख्न पनि सक्खर फाइदाजनक हुन्छ । आउनुहोस्, सक्खरको चिया पिउनुका स्वास्थ्य लाभहरू के–के हुन् जानौं।

पाचन प्रणाली बलियो बनाउँछ– चिनीको सट्टा सक्खर मिसाएर बनाइएको चिया पिउँदा पाचन प्रणाली बलियो हुन्छ । यसको नियमित सेवनले कब्जियत, एसिडिटी र अपचको समस्याबाट छुटकारा पाउँछ र पाचनमा सुधार गर्छ।

रक्तअल्पता– जसको शरीरमा रगतको कमी हुने गुनासो छ, उनीहरुले सक्खरको चिया पिउनुपर्छ । गुड़को चियामा प्रशस्त मात्रामा आइरन हुन्छ । जसका कारण यसले रातो रक्त कोशिकाको निर्माणमा मद्दत गर्छ र हेमोग्लोबिनको स्तर बढाउँछ। एनिमिया हटाउन सक्खरको चिया नियमित सेवन गर्न सकिन्छ ।

वजन घटाउनका लागि उपयोगी– स्लिम देखिनको लागि तौल घटाउन चाहनेहरूलाई चियाको सेवनबाट टाढा रहन सल्लाह दिइन्छ। चियामा भएको चिनीको सेवनले शरीरमा बोसो बढ्छ । तर, तौल घटाउन चाहनुहुन्छ भने सक्खरको चिया फाइदाजनक हुनसक्छ ।

माइग्रेन राहत– यदि तपाईलाई माइग्रेन छ र बारम्बार टाउको दुख्ने समस्या छ भने, नियमित रूपमा सक्खरको चिया पिउनुहोस्। गुड़मा पाइने पौष्टिक तत्वले माइग्रेनको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

औषधोपचारमा सक्खरको प्रयोग:
कम्मर दुखेमा – एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १्१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

कफ र खोकी लागेको रोगमा– १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

ज्वरो आएमा– जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

खोकी र दममा– सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १्१ चम्चा बिहान्बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।

पेट दुखेमा– भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।

घाँटी बसेमा– एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

शरीर दुख्ने रोगमा– भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

मलेरिया ज्वरो आएमा– भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १र१ गोली २र२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *