‘सही मानिस छनौट’ नगरिएको भन्दै खेलकुद मन्त्रालयको राजनीतिक नियुक्तीप्रति प्रचण्ड असन्तुष्टि

डिसी नेपाल
२६ पुष २०७५ १०:४६

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन्।

अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बिहीबार पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उहाँले विद्यालय तहदेखिनै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन दिए।

स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *