अभिनेत्रीलाई भारत आउँदा अपहरण गरेर तीन दिनसम्म खाना र पानी बिना कोठामा थुनियो
काठमाडौं । स्प्लिट्सभिला १४ की प्रतियोगी हिबा ट्राबेल्सी अहिले चर्चामा छिन् । हिबा यस डेटिङ रियालिटी शोमा आफ्नो परफेक्ट मिलनको खोजीमा छिन् । यसैबीच उनले भारत आएपछि आफ्नो जीवन र चलचित्र क्षेत्रमा काम पाउनको लागि गरेको संघर्षको कथा सुनाइन् । अन्तर्वार्तामा हिबा ट्राबेल्सीले आफू अपहरण भएको कालो समयको बारेमा पनि बताइन् । यति मात्र होइन उनी मानव बेचबिखनको सिकार पनि बनेकी छिन् ।
हिबाले स्प्लिट्सभिला १४ बाट सानो पर्दामा पाइला राखेकी छिन् । उनी मोडेल हुन् र अभिनय पनि गर्छिन् । उनले यसअघि एक फिल्ममा कट्रिना कैफको बडी डबलको भूमिका निर्वाह गरेकी थिइन् । साथै हिबा तेलुगु फिल्मको गीतमा पनि देखिएकी छिन् । तर, हिबा ट्राबेल्सीको यहाँसम्म पुग्ने यात्रा निकै कठिन भएको बताउँछिन् ।
आफ्नो यात्राको बारेमा कुरा गर्दै हिबा भन्छिन्, ‘जब म पहिलो पटक आफ्नो मोडलिङ करियर सुरु गर्न भारत आएकी थिएँ, मसँग ठूलो धोका भयो । यो मेरो लागि ब्रेकडाउन क्षण थियो। म मानव बेचबिखनको सिकार भएँ र मलाई थाहा पनि थिएन। यो मेरो जीवनको सबैभन्दा डरलाग्दो क्षण थियो। मैले सबैभन्दा धेरै विश्वास गरेको मान्छेले मेरो विश्वास तोडेको थियो । म पुरै टुटेकी थिएँ।’
हिबा थप भन्छिन्, ‘यो निकै पीडादायी समय थियो । मलाई अमानवीय व्यवहार गरियो । मलाई अपहरण गरी तीन दिनसम्म खाना र पानी बिना कोठामा थुनियो। तर मैले हिम्मत हारिन र त्यो दुःस्वप्नबाट बाहिर निस्केकी थिएँ, त्यो सारा घटनाबाट म निकै डराएकी थिएँ । तर यसले मलाई बलियो बनायो र म अगाडि बढें। तर मेरो मन र शरीरमा पक्कै प्रभाव थियो। म अब स्प्लिट्सभिला १४ मा हुन पाउँदा खुसी छु र सबै भन्दा राम्रो हुने आशामा छु।
हिबा ट्राबेल्सीले आफ्नो उद्योग यात्राको बारेमा पनि बताइन् । उनले भनिन्, ‘जब मैले उद्योगमा काम गर्न थालेँ, कनेक्सन र गडफादर बिना काम पाउन निकै गाह्रो थियो । म सक्दो कोसिस गरिरहेको छु र पाइला टेक्दै छु । म विश्वस्त छु कि एक दिन म अवश्य सफल हुनेछु र म उद्योगमा आफ्नो छाप छोड्नेछु।’
Facebook Comment