प्रचण्डको ‘च्वाइस’को राष्ट्रपति को ?
काठमाडौं। प्रधानमन्त्री मेकरको रुपमा चिनिएका पुष्पकमल दहाल प्रचण्डलाई यो पटक केपी ओलीले प्रधानमन्त्री बनाइदिएपछि उनको पुरानो ‘ब्राण्ड’ ‘हाइज्याक’ भएको छ।
अर्थात् अब प्रचण्डलाई प्रधानमन्त्री ‘मेकर’ भन्नुभन्दा उनलाई प्रधानमन्त्री बनाइदिने केपी ओलीलाई प्रधानमन्त्री मेकर भन्न थालिएको छ। जसले आफूलाई प्रधानमन्त्री मेकर भन्ने गर्दथे ऊ आफैं अरुको सहारामा गएर प्रधानमन्त्री भएको देखिएपछि प्रचण्डले अब नयाँ कुन ब्राण्ड स्थापित गर्नेछन् भन्ने अडकलबाजी गर्न थालिएको छ।
यसको लागि सबैभन्दा अगाडि आएको पद राष्ट्रपतिको भएको छ। त्यसैले अब प्रचण्ड प्रधानमन्त्री मेकर भन्दा राष्ट्रपति मेकर बन्न खोजिरहेका छन्।
उनको पुरानो स्वभावलाई विश्लेषण गर्दा संविधानसभाको निर्वाचन पछि पहिलो राष्ट्रपति गिरिजाप्रसाद कोइरालालाई बन्न नदिएकोमा प्रचण्डलाई पछुतो लागेको उनकै मुखारविन्दुबाट आउने गरेको छ।
हो, त्यसबेला आफू राष्ट्रपति मेकर बन्न नसकेपनि अब बन्ने तेस्रो राष्ट्रपति मेकर म नै हूँ भन्ने देखाउन प्रचण्डले भरमग्दुर प्रयास गरिरहेका छन्।
यसको पहिलो स्टेपमा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोजिने बताएर नेपालको राजनीतिमा नयाँ टुइस्ट ल्याउन खोजेका थिए। केपी ओलीले एमालेले राष्ट्रपति उठाउँछ र त्यसमा राष्ट्रिय सहमति गराइन्छ भनिसकेपछि प्रचण्डले नयाँ नयाँ चाल खेल्न थालेको अनुभुति राष्ट्रिय राजनीतिमा देखिन्छ।
प्रचण्डले राष्ट्रपति बनाउन तीन किसिमको रणनीति एकैसाथ खेली रहेका छन्। पहिलो रणनीति घमाइफिराई भारतको सहयोगमा डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिमा उठाउने र नेपाली कांग्रेसलाई त्यसमा समर्थन गर्न बाध्य बनाउने।
प्रचण्डसँग धेरै विकल्पहरु छन्। पहिले पहिले म प्रधानमन्त्री मेकर थिए तर अब म राष्ट्रपति मेकर भए भन्ने प्रचारबाजी गराउन पनि उनले केपी ओली र शेरबहादुर देउवामध्ये कुनै एकलाई राष्ट्रपति बनाउने अघि रणनीति बनाउनु पर्दछ। होइन भने पहिलो चरणमा तीनबटा राष्ट्रपतिको उम्मेदवार बन्न सक्दछन्।
दोस्रो रणनीति भनेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समाजवादको नाममा एक कित्तामा ल्याउने र उनीहरु भित्रका माधवकुमार नेपाल, झलनाथ खनाल र उपेन्द्र यादव मध्ये जसलाई नेपाली कांग्रेसले स्वीकार गर्दछ उसलाई उम्मेदवार उठाउने।
तेस्रो रणनीति भनेको नेपाली कांग्रेसको कृष्ण सिटौला वा कांग्रेसले भनेको र भारत र अमेरिकाले अनुमोदन गरेको कुनै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्ने र आफ्नो प्रधानमन्त्रीको पदको आयू बढाउने र धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई बचाउने शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्ने।
माथिका तीन रणनीति बाहेक प्रचण्डसँग अन्य विकल्पहरु पनि छन्। उनले केपी ओलीलाई नै तपाई नै बन्नुहोस राष्ट्रपति भनेर एमालेसंग माओवादी केन्द्र लगायत अन्य समाजवाद चाहने कम्युनिष्टहरु बीच एकीकरण गरेर पुरानो सपनालाई फेरी पुर्नजागरण गर्ने।
अर्थात् नेकपा बनाएर त्यसको नेतृत्व गरेर २५ बर्ष नेपाललाई बामपन्थीमय बनाएर आफू आगामी दिनमा पार्टी संगठनको सर्वेसर्वा हुने र देशमा चीनको जस्तै शासन प्रणाली लागू गर्ने।
प्रचण्डले केपी ओलीलाई राष्ट्रपति बन्न भनेर फकाउन सकेभने सच्चा कम्यूनिष्टहरु एक हौं भन्ने नारा दिएर आफू हर्ताकर्ता बन्ने भित्री मनसुवा उनमा भएको हुनु पर्दछ। यसका लागि प्रचण्ड र केपी ओलीबीच भएको वान टू वान बार्तामा यस विषयमा समेत चर्चा भएको हुनु पर्दछ।
गएको शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन’ भन्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ।
प्रचण्डले त्यहीबेला ‘नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ’ भनेका थिए।
अझ अहिले पनि नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच यस विषयमा छलफल सुरू भएकोले यसमा तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ’ भनेकाले कतै न कतै प्रचण्ड साम्यवादका लागि एकधक्का लगाउन चाहिरहेका छन् भन्ने देखिन्छ।
अहिले उनी प्रधानमन्त्री छन् तर सोचेको आन्दोलन पुरा नभएकोले आफ्नो प्रधानमन्त्रीको पदबाटै नेपाली माटो सुहाउँदो समाजवाद ल्याउने बहानामा साम्यवादको अवतार गराउन सक्दछन्।
अब कुरा आउँछ, प्रचण्डको यस्ताखाले रणनीतिका बारेमा विदेशी शक्ति, केपी ओली जानकार छैनन् भन्न गाह्रो छ। केपी ओलीको धर्म मोहले प्रचण्डको सोच अनुसारको समाजवाद त पक्कै आउन दिँदैन।
समाजवाद ल्याउनका लागि कम्यूनिष्टमार्गीहरु भित्र सबैभन्दा बाधक केपी ओली हुन भन्ने बुझेका प्रचण्डले कतै केपी ओलीलाई राष्ट्रपतिमा थन्काएर चीनको नेपाल प्रतिको चाहनालाई पुरा गर्न अगाडि त बढ्दैनन् भन्नेहरु पनि छन्।
जनकारहरु प्रचण्ड र केपी ओलीबीच सैद्धान्तिक मिलन त असम्भव भन्दैछन्। उनीहरुबीच पदको बाँडफाँडको स्वार्थमात्र मिल्न सक्दछ त्यसैले एउटाले प्रधानमन्त्री पाएपछि अर्को केपी ओलीले राष्ट्रपति पाउनु कुनै आश्चर्य मान्नु पर्दैन भन्नेहरु पनि छन्।
उता अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने भनिसकेपछि प्रधानमन्त्री कै लागि तगारो भएर बसिरहनु केपी ओलीलाई सुहाउँदैन। त्यसैले ढाईबर्ष पछि एमालेको तर्फबाट प्रधानमन्त्री बन्नका लागि विद्यादेवी भण्डारीको लागि मैदान खाली गर्न पनि केपी ओली राष्ट्रपति कै पदतर्फ लाग्नु पर्ने देखिन्छ।
प्रचण्डले अढाईबर्ष पछि आफूले जस्तै धोका दिएर प्रधानमन्त्री हुन नदिएमा के गर्ने भन्ने तयारी केपी ओलीले गरिसकेको हुनु पर्दछ। एमालेले केपी ओली बाहेक अरुलाई राष्ट्रपति बनाएमा आफूलाई दिएको विश्वासको मत राष्ट्रपतिको चुनावसम्मलाई मात्र हो कि भन्ने डर प्रचण्डलाई छ।
र, यो हुन पनि सक्दछ। कतै बजेट भाषणका बेला वा कुनै विधयक पारित गर्ने बेलामा प्रचण्डको सरकारलाई अप्ठेरोमा पारेर सरकार छोड्न लगाउन सक्दछन्। किन भने प्रचण्ड र केपी ओलीबीच संसदको पहिलो बैठकबाटै शितयुद्ध प्रारम्भ भइसकेको छ।
शित युद्ध र सैद्धान्तिक मेल हुन नसक्ने भएपछि प्रचण्डले केपी ओलीलाई राष्ट्रपति कै निर्वाचनदेखि साथ छोडेर कांग्रेसलगायत पुरानो गठबन्धन शक्तितर्फ फर्किन सक्नेछन्।
त्यसैले प्रचण्डले आफूलाई पाँच बर्षे प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छन् वा ढाई बर्ष पछि वा सोभन्दा अघि नै पद गएपनि सिद्धान्त छोड्दिन भनेर केपीको विरुद्धको शक्तिसँग पुनः हात मिलाउन जानेछन्।
हुनत प्रचण्ड आफू प्रधानमन्त्री हुनका लागि पनि विदेशी शक्तिलाई साक्षी राखेर सहमति गरेको भन्ने हल्ला चलेकै हो र त्यो सहमति टू प्लस वानको प्रयासबाट भएको थियो। टू
प्लस वानको गुटबाट भारतको एउटा खेमालाई बाहिर निकालेर अमेरिकाले कृष्ण सिटौलामा सहमति गराउने वा शेरबहादुर देउवालाई नै उठ्न दवाव दिने पनि गर्न सक्दछन्।
यस्तोमा प्रचण्डलाई आफ्नो प्रधानमन्त्री पद पाँच बर्षकै बनाउनका लागि राष्ट्रपतिमा कांग्रेस तर्फ लागेको अवस्थामा शेरबहादुर देउवालाई र एमाले तर्फ लागेको अवस्थामा केपी ओलीलाई नै राष्ट्रपतिमा उठ्न उकास्नु नै श्रयकर हुन्छ। देउवा र ओली मध्ये जसलाई राष्ट्रपतिमा सिफारिस गरेपनि प्रचण्डको प्रधानमन्त्री पदको आयु बढ्न सक्दछ।
प्रचण्डले अढाईबर्ष पछि आफूले जस्तै धोका दिएर प्रधानमन्त्री हुन नदिएमा के गर्ने भन्ने तयारी केपी ओलीले गरिसकेको हुनु पर्दछ। एमालेले केपी ओली बाहेक अरुलाई राष्ट्रपति बनाएमा आफूलाई दिएको विश्वासको मत राष्ट्रपतिको चुनावसम्मलाई मात्र हो कि भन्ने डर प्रचण्डलाई छ।
होइन भने जसरी प्रधानमन्त्रीको दावी पेश गर्ने समय गुज्रिन लागेको तीन घण्टा अघि एक्कासी प्रचण्ड केपी ओलीकामा गएर प्रधानमन्त्री पद लिए जस्तै कुनै पनि बेला कुनै पनि सन्दर्भमा राष्ट्रपतिको निर्वाचनको नोमिनेशन गर्नुभन्दा दुईतीन घण्टा अगाडीमात्र एमाले र नेपाली कांग्रेस मिलेर देउवा वा ओलीमध्येकै कोही एकलाई राष्ट्रपति र अर्कोलाई प्रधानमन्त्रीको रुपमा नयाँ समझदारी हुन सक्दछ।
प्रचण्डसँग धेरै विकल्पहरु छन्। पहिले पहिले म प्रधानमन्त्री मेकर थिए तर अब म राष्ट्रपति मेकर भए भन्ने प्रचारबाजी गराउन पनि उनले केपी ओली र शेरबहादुर देउवामध्ये कुनै एकलाई राष्ट्रपति बनाउने अघि रणनीति बनाउनु पर्दछ।
होइन भने पहिलो चरणमा तीनबटा राष्ट्रपतिको उम्मेदवार बन्न सक्दछन्। जसमा एमालेको तर्फबाट एक, नेपाली कांग्रेसको तर्फबाट एक र तीन पार्टीहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचबाट एकजना राष्ट्रपतिको उम्मेदवार हुन सक्दछन्।
राप्रपाको एउटा धार पशुपति शमशेर जवरालाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भन्ने दाऊमा छ भने अर्को समुह आफ्नो घोषणा पत्र अनुसार संबैधानिक राजतन्त्रको कुरा गरेकोले राष्ट्रपतिको निर्वाचनमा मौन बस्ने वा अनपस्थित हुन सम्भावना बढेको छ।
यदि राप्रपाले राष्ट्रपतिको निर्वाचन बहिस्कार गर्यो ५१ प्रतिशत मत ल्याउनु पर्ने प्रावधानका कारण एकै पटकमा राष्ट्रपतिको छिनोफानो नहुन सक्दछ र पहिलो र दोस्रो हुने उम्मेदवारको खुट्टी हेरेर कसको पलरा भारी हुन्छ भन्ने एक्कीन गर्न सकिँदैन।
यति धेरै चलखेल गर्ने स्थानहरु भएकाले प्रचण्डले ‘कम्फर्टेवल फिल’ गरिरहेका छन्। तर राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससमेतको पुरानो गुटको कित्तामा लागेनन् भने प्रचण्डको शैद्धान्तिक विचलन हुन सक्दछ।
उनले शैद्धान्तिक विचलन नै गर्नु परेको खण्डमा राजासंगको पुरानो मित्रतालाई पुर्नताजगी गर्नेछन्। यसमा स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै राष्ट्रपतिको रुपमा प्रस्ताव गर्न सक्दछन्।
राप्रपाले राष्ट्रपतिको निर्वाचन बहिस्कार गर्न सक्ने अवस्थालाई प्रचण्डले नजिकबाट नियालेर विश्लेषण गरिरहेका छन्।
त्यही कारणले उनले जनमत पार्टी र जनता समाजवादी पार्टी दुबैलाई वा दुई मध्ये एकलाई अनिवार्य सरकारमा सहभागी गराएर आफूले रोजेको राष्ट्रपतिको उम्मेदवारलाई भोट हाल्न पैरवी गर्नेछन्।
प्रचण्ड आफै बहूआयामिक व्यक्तित्व हुन्। तत्काल निर्णय गर्न माहिर प्रचण्डलाई तल गिराउने, होच्याउने रणनीतिमा केपी ओली लागेको देखिदेखि प्रचण्ड आफ्नै कारणले संघीयता विरोधीलाई राष्ट्रपति नबाउने कित्तामा खडा हुन्छन्। त्यसले कुनै मधेसी वा कुनै जनजाति वा कुनै विज्ञलाई टपक्क टिपेर ल्याउनुपर्ने वातावरण सृजना गर्नतर्फ समेत प्रचण्ड लागेका छन्।
राष्ट्रपतिको निर्वाचनको नोमिनेशनका दिन वा मतदानका दिन वा दोस्रो चरणको मतदानका दिन पनि प्रचण्ड पटक पटक फेरिन पनि सक्दछन्। उनको सबैभन्दा ठूलो कमजोरी चीनले उचालेका आफ्नै पार्टीका दोस्रो पुस्ताका केही नेतालाई तह लगाउन सक्ने स्थितिमा छैनन्।
दोस्रो पुस्ताका जोडबलले प्रधानमन्त्री पद लिंदा केपी ओलीसंग गरेको बाचा अनुसार एमालेले तय गरेको राष्ट्रपतिकै उम्मेदावरलाई माओवादी केन्द्र पार्टीले संस्थागत समर्थन गर्ने देखिएको छ।
माओवादीको भोट मात्र निर्णायक नभएकोले यसपटक प्रचण्ड देशी विदेशी शक्तिको चेपुवामा परेर आफू प्रधानमन्त्री मेकर जस्तै राष्ट्रपति मेकर नहुन सक्दछन्।
Facebook Comment