आफ्नो विगत बिर्सिएका रवि

शरद रिजाल
२३ माघ २०७९ ७:०९

काठमाडौं। छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी भएको ४२ औं दिनमै आइतबार सरकारबाट बाहिरिएको हो।

सरकारबाट बाहिरिने निर्णयमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए। उनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमाध्यममाथि आक्रोश ब्यक्त गरे।

उनले आफूमाथि उठेका बिबादास्पद विषयलाई बिषयान्तर गर्दै नेपाली मिडिया जगतमाथि दोषारोपण गरेका हुन्। उनले नेपालका सबै राष्ट्रियस्तरका सबै प्रकारका सञ्चारमाध्यम र सोसँग सम्बद्ध सबैलाई कटाक्ष गरे।

सरकारमा सहभागी भएको एक महिनामै बाहिरिएको रास्वपाले पछिल्लो केही दिन यता गृह मन्त्रालयमा दाबी गरिरहेको थियो। सभापति लामिछाने केही दिनदेखि आफूले गुमाएको गृह मन्त्रालय प्राप्त गर्न सत्तासाझेदार दलका शीर्ष नेतासमक्ष दाबी गरिरहेका थिए।

वैकल्पिक राजनीतिको अभ्यास गर्ने भन्दै छोटो समयमै प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १४ गरी २० सांसदले सदनको यात्रा तय गरेको थियो। यद्यपि अहिले चितवन २ बाट निर्वाचित सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरेसँगै हाल १९ सांसद कायम रहेका छन्।

छोटो समयमै सरकारबाट बाहिरिएको उक्त दलका सभापति रवि लामिछानेले सरकारमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको कार्यभार सम्हालेका थिए।

पुष १० गते नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै अर्को दिन ११ गते उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी गराएका थिए।

माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनी पदमुक्त भएका थिए।

तर, सरकारमा सहभागी भएको ४२ औं दिनमा आइतबार रास्वपा सरकारबाट बाहिरिएको छ। सरकारबाट बाहिििरदै गर्दा सभापति रवि लामिछानेले नेपाली मिडियाको उछितो काटेका छन्। उनले आफ्नो कमजोरीको बचाउमा नेपाली पत्रकारितामाथि दोषारोपण गरेका छन्।

लामिछानेले नेपालका अधिकांश मूलधारका मिडियालाई आरोपित गरेका छन्। नेपालको मिडियालाई आरोपित गरेका उनले आफू मिडियामा रहँदा उठाएका विषयमाथि कति जानकार छन्।

उनको आफ्नो स्टन्ट छोप्न अरुलाई आरोपित गरेका उनले बिगत केही दिनदेखि सरकारमा गृह मन्त्रालय लिएर पुनः सहभागी हुन उनका क्रियाकलापबारे सबै जानकार छन्।

केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न बारम्बार दबाव दिएका विषय तथ्यसहित सञ्चारमाध्यममा प्रकाशित भइरहेका छन्।

उनले प्रधानमन्त्री निवास बालुवाटार र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको अनुनयविनय उजागर भइसकेको छ।
सर्वोच्च अदालतको फैसलाले बाध्यकारी रुपले सरकारबाट बाहिरिन पुगेका उनकोे कुण्ठाग्रस्त अभिब्यक्तिले उजागर गरेको छ।

उनले किन नेपाली नागरिकता पुनःप्राप्ति गर्न नजरअन्दाज गरे? देशको कानूनी प्रक्रियालाई उपहास गर्दै अवैध नागरिकता बोकेर गृहमन्त्रालय छिरेका उनले अरुलाई सुशासनको गफ दिनु कति न्यायसंगत छ? भन्ने प्रश्न उब्जिएको छ।

भीडको आडमा जनता बहकाउने चेष्टामार्फत सदैव आफू केन्द्रमा रहने उनको उच्च महत्वाकांक्षा आइतबारको पत्रकार सम्मेलनले थप उजागर गरेको छ। सदैब भिडबाट आफू अब्बल साबित हुने चेष्टामार्फत उनले फेरि अर्को नयाँ फण्डा सुरुवात गरेका छन्।

आफ्नो कमजोरीको उजागर भएसँगै त्यसप्रति आत्माआलोचित गर्नुभन्दा पनि आफ्नै बचाउ गर्दै नेपालका अमुर्त रुपमा १२ जना (कतिपयको नाम किटेरै) पत्रकारहरुलाई नैतिक रुपमा समेत आरोपित गरेका छन्।

उनले नेपाली जनतालाई आफूलाई हिरो बनाएको बताउँदै अहिले पनि गृहमन्त्रीमा जान पाए हुन्थ्यो भनेर उनले दिएको त्यसप्रतिको आशक्तिपूर्ण अभिब्यक्तिले उनमा मौलाएको महत्वाकांक्षाको उत्कर्स प्रकट गरेका छन्। उनको अवैध नागरिकता बहन गरेर गरेको क्रियाकलापबारे कुनै प्रतिक्रिया दिएनन्। यसमा उनले कुनै प्रायश्चित गरेका छैनन्।

कुनै स्तर नभएको जसरी दिएका उनका अभिब्यक्तिको उनले आइतबारको पत्रकार सम्मलेनमा स्वय जनाएका छन्। उनले प्रतिप्रश्न गदै सहभागी पत्रकारहरुलाई ‘तपाईंहरुलाई लेभल नभएको जस्तो लागको होला’ भनेर आफ्नो बास्तबिकता प्रदर्शित गरेका छन्।

नेपाली पत्रकारिताका उच्च तहका सम्पादकहरुलाई नामै किटानका साथ खुलारुपमा चितवन क्षेत्र नं २ बाट आफूसँग निर्वाचन लड्न चुनौती दिएका छन्।

तर, उनले सोही पत्रकार सम्मेलनमा यस्तो अवस्थामा पनि मलाई बोलाए फेरि गृहमन्त्रालयमा बोलाए जान्छु भन्दै आफूमा भएको पदलोलुपताको पराकाष्टा उजागर भएको छ।

कुनै समय विदेशबाट नेपालीलाई स्वदेशमा रोजगार दिने भन्दै चितवनमा सिइओ बनाउने नयाँ फण्डा गरेका उनले आइतबार विदेशबाट नेपाल आउन कुनै क्याम्पियन गर्न नपर्ने भन्दै आउनेहरु टिकट काटेरै सहजै आउन सक्ने भन्दै हल्का ढंगले टिप्पणी गरेरै फण्डाबाजको नयाँ किर्तिमान कायम गरेका छन् ।

सार्वजनिक खपतका लागि जे पनि बोल्न पछि नपर्ने उनका हालसम्मका अभिब्यक्तिले चित्रित गरेका छन्। आफूभित्र ब्याप्त पदलोलुपता प्रष्फुटित भएका केही दिनयताका श्रृङखलाबद्ध शीर्ष नेतासँग उनले भेटमा गरेका अनुनयविनयले पुष्टि गरिसकेको छ।




प्रतिक्रिया

2 thoughts on “आफ्नो विगत बिर्सिएका रवि

  1. दि सि नेपाल ले आफ्नो कुन्था प्रकत गर्यो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *