पहिलो टेष्टमा भारतले अष्ट्रेलियालाई १३२ रनले हरायो

डिसी नेपाल
२८ माघ २०७९ १४:५७

काठमाडौं । नागपुरमा भएको पहिलो टेष्ट खेलमा भारतले अष्ट्रेलियालाई १३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ ।

मोहम्मद शामीले स्कट बोल्याण्डलाई आउट गर्दै अस्ट्रेलियाको दोस्रो इनिङ ९१ रनमा समेटेका थिए । यससँगै पहिलो इनिङ्समा भारतले ४ सय रन बनाएर २२३ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा भारतका रविचन्द्रन आश्विनले ५, रविन्द्र जडेजा र मोहम्मद शामीले २–२ विकेट लिए भने अक्षर पटेलले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *