माओवादी केन्द्र निकट शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल

डिसी नेपाल
२९ माघ २०७९ ११:२७

अर्घाखाँची। नेकपा (माओवादी केन्द्र)निकट शिक्षकहरुको संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल चयन भएका छन् ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएको जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा  बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेको हो ।

त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति  र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्बसम्मत गठन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *