अर्घाखाँचीको पर्यटकीय विकासका लागि सन्धिखर्क गोरुसिंगे सडकको स्तरोन्नति अत्यावश्यक
अर्घाखाँची। नेपाल पर्यटन बोर्डले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची जिल्लाको पर्यटनको सम्भावना विषयक कार्यक्रममा सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिको विषयले प्राथमिकता पाएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपाली लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरुले अर्घाखाँची जिल्लाको पर्यटकीय विकासको लागि सन्धिखर्क गोरुसिंगे सडकको स्तरोन्नति पहिलो प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका हुन् ।
सन्धिखर्क गोरुसिंगे सडकका कारण चाहेर पनि अर्घाखाँचीमा पर्यटकहरु भित्र्याउन नसकिएको भन्दै जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुले सदरमुकाम जोड्ने बाटो स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
अर्घाखाँचीमा धार्मिक पर्यटनको राम्रो संभावना रहेकोले सुपा देउराली, अर्घा भगवती, नृसिंह मन्दिर, मालारानी मन्दिर, पाणिनि तपोभूमि जस्ता धार्मिक स्थलहरु चर्चित छन् । प्रसिद्ध सुपा देउराली मन्दिरमा पछिल्लो समयमा छिमेकी देशबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
Facebook Comment