दिल्ली टेस्टमा अस्ट्रेलियाको दोस्रो इनिङ्स ११३ रनमा सीमित, जडेजाले लिए सात विकेट
काठमाडौं । दिल्लीमा जारी दोस्रो टेष्ट म्याचको तेस्रो दिन अस्ट्रेलियाको दोस्रो इनिङ्स कमजोर बन्यो र ११३ रनमा सिमित भयो ।
यसरी पहिलो इनिङ्समा एक रनको अग्रता लिएको अष्ट्रेलियाविरुद्ध भारतले दोस्रो इनिङ्समा १ सय १५ रन जोड्नुपर्नेछ ।
आजको खेलमा अष्ट्रेलियाका ब्याट्सम्यान रविन्द्र जडेजा र रविचन्द्रन अश्विनको घुमाउरो बलको अगाडि असहाय देखिए ।
लंचको आधा घण्टाअघि उनीहरूका सबै ब्याट्सम्यान आउट भएका थिए ।
यस खेलमा रविन्द्र जडेजाले कुल सात विकेट लिएका थिए । जडेजाले यस इनिङ्सको अन्तिम पाँच विकेट लिए ।
यस इनिङ्समा रविचन्द्रन आश्विनले तीन विकेट लिए । तर, उनले नै भारतलाई आजको खेलमा पहिलो सफलता दिलाए ।
भारतले आजको खेलको पहिलो ओभरमा ट्राभिस हेडको विकेट लिएको थियो ।
उनलाई ४३ रनको व्यक्तिगत स्कोरमा अश्विनले विकेटकिपर एस भरतको हातमा क्याच ल्याए ।
अश्विनले स्टिभन स्मिथको रूपमा दोस्रो सफलता हात पारे। नौ रनको व्यक्तिगत स्कोरमा उनलाई अश्विनले एलबीडब्ल्यू गरे ।
रविन्द्र जडेजाले ३५ रनको व्यक्तिगत स्कोरमा लाबुसानेलाई बोल्ड गर्दै अस्ट्रेलियालाई चौथो झटका दिएका थिए ।
त्यसलगत्तै अश्विनले आफ्नो ओभरको अन्तिम बलमा रेन्सालाई आउट गरे।
अर्को ओभरको पहिलो र दोस्रो बलमा रविन्द्र जडेजाले ह्यान्ड्सकम्ब र कमिन्सलाई वाक गराए ।
त्यसपछि जडेजाले एलेक्स केरी र नाथन लियोनलाई पनि आउट गरेका थिए । अन्त्यमा उनले कुह्नेमनलाई पनि आउट गरे ।
यसअघि शनिबार अस्ट्रेलियाले दिएको २६३ रनको जवाफमा भारतको पहिलो इनिङ्स २६२ रनमा समेटिएको थियो । यसरी अस्ट्रेलियाले पहिलो इनिङ्समा एक रनको अग्रता लिएको थियो ।
Facebook Comment