दिल्ली टेस्टमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो, शृङ्खलामा २-० को अग्रता

डिसी नेपाल
७ फागुन २०७९ १५:३१

काठमाडौं । दिल्लीमा जारी दोस्रो टेस्टको तेस्रो दिन भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

भारतले केवल चार विकेट गुमाएर ११५ रनको लक्ष्य पुरा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए ।

यस खेलमा कुल १० विकेट लिने र पहिलो इनिङ्समा ७० रन बनाएका रविन्द्र जडेजा ‘म्यान अफ द म्याच’ घोषित भए ।

नागपुरमा भएको पहिलो टेष्टमा पनि जडेजा म्यान अफ द म्याच बनेका थिए । त्यो खेल भारतले एक इनिङ्स र १३२ रनले जितेको थियो।

रोहित शर्माले पनि ३१ रनको योगदान दिए । विकेटकिपर एस भरतले २३ र विराट कोहलीले २० रनको योगदान दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *