खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भीड्दै
भक्तपुर। भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन्। यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मंगलबार नै हुँंदैछ।
सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँंदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो। साथै भक्तपुर नगरपालिका बीलाई हराउँंदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा तय गरेको थियो।
विजयी टोलीलाई सासद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ। खेल महेश्वरी खेल मैेदान भक्तपुरमा हुने छ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ। यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो। त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो। प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो।
Facebook Comment