स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दियो
काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिए भने म्याथ्यु क्रसले ४२ तथा ब्रेन्डन म्याकमुलनले ३१ बनाए । त्यस्तै केल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । अब नेपालले केही बेरमा लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङ थाल्नेछ ।
Facebook Comment