यू-१९ एसिया क्रिकेट छनोटः नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

डिसी नेपाल
१३ फागुन २०७९ १६:४६

काठमाडौं। आइसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युनाइेट अरब इमिरेटस् (युएई)मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनायो।

विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले। खनालले १२५ रन बनाए। उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे।

यस्तै कुमालले १०८ रनको योगदान दिए। उनले ११२ बल खेल्दै १२ चौका हाने। यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए।

बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई दुई तथा हैबर अली र जय मेहताले एक एक विकेट लिए। अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ।

यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो। प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *