बागमती प्रदेशका राप्रपाका तीन मन्त्रीले दिए राजीनामा

डिसी नेपाल
१३ फागुन २०७९ २१:०८

काठमाडौं। बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन्।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धब थापा, वन तथा वातावरणमन्त्री राजु विष्ट र पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष शनिबार साँझ राजीनामा दिएका हुन्।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले पार्टीको निर्णयअनुसार सरकारबाट तीनैजनाले राजीनासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिए।

राष्ट्रपति निर्वाचन प्रकरणमा सङ्घमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घ र प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको हो।

सङ्घमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती प्रदेश सरकारमा राप्रपा अलग भएको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *