२१ रन जोड्दा ७ विकेट गुमाउँदै युएइ ९७ रनमा अलआउट

डिसी नेपाल
२१ फागुन २०७९ १४:४५

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भइरहेको खेलमा युएइ ९७ रनमा अलआउट भएको छ । पपुआ न्यू गिनीविरुद्ध भइरहेको खेलमा युएइले पछिल्लो २१ रन जोड्दा ७ विकेट गुमायो ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएइले ७६ रन जोड्दासम्म ३ विकेट मात्र गुमाएको थियो । तर त्यसपछि बाँकी २१ रन जोड्दा बाँकी रहेका सबै ७ विकेट गुमाउँदै ९७ रनको स्कोरमा अलआउट भएको हो ।

युएइका लागि मुहम्मद वसीमले १९, आसिफ खानले ११, वृत्या अरविन्दले २६ र चन्दनगोपाल रिजवानल १० रन बनाए । अरु कसैले पनि दोहोरो अंक स्कोर गर्न सकेनन् ।

पपुआ न्यू गिनीका लागि रिले हेकुरेले सर्वाधिक ५ विकेट लिए । चाड सोपरले ३ र चार्ल्स अमिनीले १ विकेट लिए । अहिले पपुआ न्यू गिनीले जवाफी ब्याटिङ गरिरहेको छ । ६ ओभरको खेल सकिँदा पपुआ न्यू गिनीले १ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *