आसिफ शेखको शतक

डिसी नेपाल
२५ फागुन २०७९ ११:४८

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुआ न्यू गिनीविरुद्धको आज जारी खेलमा नेपाली टिमका ब्याटर आसिफ शेखले शतक बनाएका छन् । उनले १०१ बलमा शतक बनाएका हुन् ।

यससँगै आसिफ नेपालको लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पाँचौं खेलाडी बनेका छन् । यसअघि नेपालको लागि पूर्वकप्तान पारस खड्का, अहिलेका कप्तान रोहित पौडेल, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले शतक बनाइसकेका छन् ।

आजकै खेलमा आसिफले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पनि पूरा गरे । यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

उनीभन्दा अगाडि केही दिन पहिले मात्र कप्तान रोहित पौडेलले यही सिरिजको खेलमा किर्तिपुर मैदानमै नामिबियाविरुद्ध १ हजार रन पूरा गरेका थिए ।

यी २ खेलाडीपछि एकदिवसीयमा सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । आजको खेलमा आउट भइसकेका ज्ञानेन्द्रले ८५६ रन बनाएका छन् ।

आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । ३६ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १९३ रन बनाएको छ । आसिफ शेख १०५ रन बनाएर खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *