संकटाको पहिलो जित, एपीएफ र जावलाखेलको गोलरहित बराबरी

डिसी नेपाल
२७ फागुन २०७९ १७:०८

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे ।

संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा गणेशले गरेका थिए भने खेलको ८० औं मिनेटमा रोशनले दोश्रो र ८६ औं मिनेटमाा सुरजले गोल गरेका थिए । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *