नेपालले युएइलाई दियो २४९ रनको लक्ष्य

डिसी नेपाल
२८ फागुन २०७९ १३:२३

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले युएइलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ । नेपालले ४९.२ ओभरमा २४८ रन बनाउँदै अलआउट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । ११७ बल खेलेका कप्तान रोहितले ७७ रन बनाए । यस क्रममा उनले ९ चौका प्रहार गरे । आरिफ शेखले ४३, गुलशन झाले ३७, दिपेन्द्र सिंह ऐरीले ३४ र भिम सार्कीले २९ रन बनाए ।

युएइका लागि आयन अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले समान २–२ विकेट दिए । यस्तै आर्यन लाकरा र जुनैद सिद्दिकले १–१ विकेट लिए । अब केहीबेरमा युएइले जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *