युएइले नेपाललाई दियो ३११ रनको लक्ष्य, आसिफ खानले रचे इतिहास

डिसी नेपाल
२ चैत २०७९ १३:२२

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा युएइले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

आजको खेलमा युएइका ब्याटर आसिफ खानले इतिहास रचे । उनले तुफानी इनिङ खेल्दै ४१ बलमा शतक बनाए । यो शतक एकदिवसीय इतिहासमा चौथो सबैभन्दा छिटो शतक हो । सबैभन्दा छिटो शतक बनाएको रेकर्ड दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सको नाममा छ । उनले ३१ बलमा शतक बनाएका थिए ।

सबैभन्दा छिटो एकदिवसीय शतकको मामिलामा दोस्रो स्थानमा न्यूजिल्याण्डका कोरी एण्डरसन छन् । उनले ३६ बलमा शतक बनाएका छन् । पाकिस्तानका पूर्वकप्तान शाहिद आफ्रिदीले ३७ बलमा शतक बनाएका छन् ।

तर, आसिफ खानको यो शतक आफैंमा एक इतिहास हो किनकि यो एसोसिएट देशका कुनै पनि खेलाडीले बनाएको सबैभन्दा छिटो शतक हो । उनीभन्दा अगाडिका तीनैजना खेलाडी टेस्ट मान्यता प्राप्त देशका हुन् ।

आजको खेलमा युएइका लागि आसिफ खानले ४ चौका र ११ छक्कासहित कूल १०१ रन बनाए । वृत्या अरविन्दले ९४, कप्तान मुहम्मद वसीमले ६३ र रोहन मुस्तफाले २० रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २, सोमपाल कामी, सन्दिप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *