थ्री नेसन्स कपका लागि २३ सदस्यीय टिम घोषणा

डिसी नेपाल
७ चैत २०७९ १९:२२

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । प्रतियोगिता अघि मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फसेन्समा तीनै देशका प्रशिक्षक र कप्तानहरुले उपाधी रक्षाका लागि मेहनतका साथ खेल्ने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो एनेसले नयाँ खेलाडीहरु समेटेर टिम घोषणा गरिएको र आफ्नो निर्णयसहित सावित हुने विश्वास व्यक्त गरे । प्रतियोगितामा खेल्नै सबै राष्ट्रले उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै उनले थ्री नेसन्स कपमा नेपालले थप मेहनतका साथ प्रदर्शन गर्ने बताए ।

त्यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले सबै खेलाडीहरु फिट रहेको र छोटो समयको तयारी रहेकाले प्रतियोगीतामा सम्पूर्ण ध्यान केन्दीत गरिएको बताए । केहि चूनौति भएपनि नयाँ खेलाडीहरुले पनि उत्कृष्ण प्रदर्शन गर्ने उनले बताए । त्यस्तै भुटान र लाओसका प्रशिक्षक र कप्तानहरुले पनि नेपालको मैदानमा जीतको लक्ष्यका साथ खेल्ने बताएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

नेपाली टिम

गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *