बिजुली बालौं, ग्यास-पेट्रोलको बाटो टालौं 

खगेन्द्रराज सिटौला
१० चैत २०७९ ८:१७

स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका पक्षपाति एवं स्वदेशवादी विकास नीतिका नेता प्रणेता नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको यही नीति माथि उभिएर नेपाललाई कसरी विकसित बनाउन सकिन्छ बारेमा चर्चा चलाउन खोजिएको छ।

मूलत पृथ्वीनारायण शाह स्वदेसी साधन, जन, धन, सीप र श्रमलाई संगठित गरेर बाह्य शोषण र हस्तक्षेपलाई निषेध गरेर छिटो र दिगो विकास गर्नुपर्छ भन्ने मान्यताका आधुनिक नेपालका प्रथम नेता हुन्।

यिनै विकासे सोचका नेताको उपरोक्त नीतिसँग तालमेल मिलाउँदै बिजुली बाल ग्यास पेट्रोलको बाटो टालको विकास खाका प्रस्तुत गर्न खोजिएको छ।

नेपालका खोला.नदीमा बग्ने पानी नेपालको स्वदेसी साधन हो। यो साधन माथि नेपाली धन, जन, श्रम, सीपलाई संगठित गरेर विद्युत् उत्पादन गर्ने सहमतिको राष्ट्रिय नीति बनाऔं। नेपालको जनशक्ति र जलशक्तिलाई विकासको मूलशक्ति मानौं।

यही शक्तिलाई सहीढंगले परिचालन गरेर विकास शक्तिमा रुपान्तरण गरौं। नेपालको सन्दर्भमा विद्युत् उत्पादनलाई सबै उत्पादनको माउ उत्पादन मानौं। यसलाई सबैे विकासका पूर्वाधारको पनि पूर्वाधार जानौ। नेपाली साधन नेपाली जलबाट उत्पादित बिजुली आफैंमा स्वदेशी धन हो।

यो यस्तो धन हो जसले स्वदेशको धन स्वदेसमै थाम्छ पनि विदेशको धन स्वदेशमा तान्छ पनि। यो पृथ्वीनारायणले भनेजस्तो नगद विदेश जाँदैन पनि हो नगत षैचने(तान्ने) पनि हो।

नेपालीको पानी नेपालीको लगानी नेपालीले कामलिने नेपालीले दामलिने राष्ट्रिय जलविद्युत् उत्पादन तथा उपयोग नीति बनाऔं। नेपाली जन र जनको धनलाई संगठित गरेर बिजुली उत्पादनमा लगाउने ठोस राष्ट्रिय नीति बनाऔं। विद्युत् उत्पादन गर्नसक्ने सीपयुक्त नेपाली जनशक्ति उत्पादन गरौं।

अब अनुमान गर्नुहोस् चुलाहरुबाट ग्यास, यातायत र कलकारखानाबाट डिजेल,पेट्रोललाई विजुलीले विस्थपित गर्ने हो भने नेपालले कति अर्ब विदेशी मुद्रा बचाउछ होला? हो यही हो पृथ्वी विचारको स्वदेशी साधनको अर्थमहत्व। यो पनि सत्य हो जति बढी विजुली बल्छ त्यति बढी जंगल बढ्छ।

राज्यशक्ति र जनशक्तिको तालमेल मिलाएर छिटै विजुली उत्पादन गरौं। बिजुली शक्तिलाई नेपालको चौतर्फी विकास शक्ति बनाऔं। सबैलाई थाहा छ नेपालमा जति धेरै विद्युत् उत्पादन हुन्छ त्यति नै छिटो नेपालमा विकासले गति लिन्छ।

विजुली किन के का लागि कति चाहिन्छ नेपाललाई? आउने सयवर्ष पछि कति विजुली चाहिन्छ नेपाललाई? विज्ञहरुको सहयोगमा यसको उत्तर निकाल्नु पर्छ नेपालले। विजुली बेचेर होइन विजुली उपयोग गरेर धनी हुने योजना बनाउनु पर्छ नेपालले।

विजुली पाउने लोभमा नेपालले आफ्ना पानीको हक विदेशीलाई सुम्पने गल्ती गर्नु हुँदैन भन्दा भन्दै पनि नेपाली नेताहरुले यही गल्ति बारम्बार गरिरहेका छन्। पानी नेपालको डलरको खानी हो।

यो नेपाल विकासको सन्जिबनी हो। अरु धेरैको विकल्प छ तर पानीको विकल्प छैन। त्यसैले नेपालले आफ्नो पानीको हक जोगाउनुको विकल्प छैन नेपालको भविश्यको लागि पनि नेपालका भविश्यका पुस्ताका लागि पनि।

नेपाल मात्र विजुलीको नेपाल हुनुपर्छ। नेपाल मात्र विजुलीले यातायत सेवा दिने मुलुक हुनुपर्छ। नेपाल मात्र विजुलीले खाना पाक्ने मुलुक हुनुपर्छ। नेपालका सबै कल.कारखानाहरु मात्र विजुलीले चलेको मुलुक हुनुपर्छ।

अब नेपालले रेल सेवाको योजना बनाओस पूर्व पश्चिम तराई पहाडको। उत्तर दक्षिण तराई पहाडको। हरेक सहर गाँउ बस्तीमा चल्ने यातायत सेवाको। विजुलीले चल्ने रेलमार्ग, बसमार्ग र आकासमार्गको। आकासमार्गमा केवलकार र रोपवेका सन्जाल हुनेछ। हो यसको लागि छिटो उत्पादन गर्न सकिने र ढिलो उत्पादन गर्न सकिने आयोजनाको छनोट गरेर काम थालीहालौं।

अब अनुमान गर्नुहोस् चुलाहरुबाट ग्यास, यातायत र कलकारखानाबाट डिजेल,पेट्रोललाई विजुलीले विस्थपित गर्ने हो भने नेपालले कति अर्ब विदेशी मुद्रा बचाउछ होला? हो यही हो पृथ्वी विचारको स्वदेशी साधनको .अर्थमहत्व। यो पनि सत्य हो जति बढी विजुली बल्छ त्यति बढी जंगल बढ्छ।

किनभने दाउरालाई पनि विजुलीले चुल्होबाट भगाउँछ। जव दाउरा बल्दैन तव रुख ढल्दैन। नेपाल धुवाँ र प्रदुषण नभएको मुलुक हुनेछ। यो वातवरणको क्षेत्रमा नेपालको अर्को उपहार हुनेछ। जनतालाई बिजुली सस्तोमा देउ बिजुली चोरी गर्नेलाई महगो सास्ती देउ।

बिजुली उत्पादन कसरी बढाउने त? एकतिर राज्यले विजुली उत्पादनलाई पहिलो प्राथमिकता दिने नीति लिनु पर्दछ। सडक निर्माणको ठूलो रकम विजुली उत्पादनमा लगाउनु पर्दछ। राज्य, निजीक्षेत्र सर्वसाधरण वित्तीय संघ सस्था आदि सबैको सहभागीता हुने गरी नफामूलक विद्युत् उत्पादन कोष खडा गर्नु पर्दछ।

कोष सन्चालन गर्ने विश्वासिलो संयन्त्र भएमा र नाफाको ठोस आधार देखिएमा यस्तो कोषमा नेपाली मात्रको अर्बौं रुपैयाँ संकलन हुनसक्छ। थप सहुलियत दिएर सरकारले निजीक्षेत्र तथा एनआरएन जस्ताहरुलाई यो क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सक्छ। ठूला विद्युत् परियोजनामा र विजुलीबाट चल्ने साधन तथा संरचना निर्माणमा बाह्य लगानी आकर्षित गर्न सकिन्छ।

पर्याप्त विद्युत् उत्पादन हुनथाले पछि लगानी र विकासका विकल्पहरु बढ्नेछन्। स्वदेसी विदेशी सबै लगानीमा आतुर देखिन्छन्। सर्त हो राजनीति तथा लगानी वातवरण अनुकूल हुनु पर्दछ।

देब विजुली मैत्री हुनुपर्दछ। औद्योगिक क्षेत्र, सहर, बस्ती क्षेत्र, यातायत क्षेत्र सबै वैज्ञानिक योजनाको साथ तयारी थाल्नु पर्दछ। विद्युत् उत्पादनसँगै विद्युत् खपत हुने क्षेत्रको तयारी पनि योजनाबद्ध किसिमले बनाउनु र बढाउनु पर्दछ। विजुलीलाई काम दिने विजुलीबाट दामलिने नीति हुनुपर्दछ। आफ्नो विजुली, पानी आफैंलाई बढी भए मात्र अरुलाईको जल विद्युत् नीति हुनु पर्दछ।

पानी र विजुली अरुको हातमा दिएर आफ्नो धन अरुको खटनमा रहनु पर्ने खालका सन्धी सम्झौता गर्नु हुन्न। यस्ता सन्धीले पानी छ, नेपाल खडेरीमा, विजुली छ, नेपाल अधेरीमा मात्र हुनेछ।

बिजुली बाल ग्यास, डिजेल,पेट्रोलकोे बाटो टालको नारा नेपालको आर्थिक रणनीतिको हिसावले निकै महत्वको छ। नेपाललाई सम्पन्न र आर्थिक शक्तिको राष्ट्र बनाउन यसको कार्यन्वयन अनिवार्य छ। नेपालले आफ्नो पानी जोगाएन भने आफ्नो भविश्य पनि जोगाउन सक्तैन।

नेपालले आफ्नो पानी नजोगाउने खतरा बढिरहेको छ। कारण नेपालका नेताहरु आफ्नो कुर्सी जोगाउन मरिहत्ते गर्ने तर देशको पानी जोगाउन मरिहत्ते नगर्ने तर विदेशीलाई सुम्पन मरिहत्ते गर्ने प्रवृत्तिका भएर हो।

यस्तो प्रवृत्तिलाई परास्त गर्ने वैचारिक हतियार स्वदेसवादी पृथ्वीविचार भएकोले यसैलेमात्र समग्र नेपाल जोगाउन सक्छ जगाउन सक्छ। सर्त हो पृथ्वीविचारको वरीपरि दल, नेता, जनताहरु गोलबन्द भएर देशभक्तिपूर्ण स्वदेशवादी आर्थिक नीतिको पक्षमा लहर ल्याउनु।

नेपालमा बिजुलीकरण नेपाल एकीकरणको अनुसरणले सफल हुन्छ। नेपाल एकीकरण थाल्नलाई बिसे नगर्चीको सुझावअनुुसार राजा पृथ्वीनारायण शाहाले गोर्खाका हरेक घरधुरीबाट पैसा संकलन गरेका थिए। माथि भनिएको कोषको प्रेरणा स्रोत यसलाई बनाउन सकिन्छ।

अव ढिलो गर्ने होइन राष्ट्रिय जल विद्युत् नीति बनाउन। जल बिद्युतसँग सम्बन्धित विज्ञ, उत्पादक र सरोकारवालासमेतको कार्यदल बनाउनु पर्छ सरकारले। यो कार्यदलले व्यापक छलफल चलाएर राट्रिय विद्युत् रणनीति तय गर्न एउटा राष्ट्रिय सम्मेलनको आयोजना गर्नुपर्दछ।

यो सम्मेलनले जलविद्युत् सम्बन्धि अल्पकालीन, दीर्घकालीन राष्ट्रिय हितको नीति तयार गर्नु पर्दछ। यही नीति माथि उभिएर नेपालले द्रूत गतिको बिजुली विकासको युग सुरु गर्नु पर्दछ। किनभने यसले विगतका सबै जल सन्धी सम्झौताको पनि समीक्षा गरेको हुनेछ।

तीबाट पाठ सिकेर गल्ती नदोहर्याउने भएका हुनेछौं। दीर्घकालीन जल रणनीति बनाउ राष्ट्रिय हक र हितलाई सुनिश्चित गर्दै छिमेकीलाई पनि सहभागी गराऔं।

विदेशीलाई विद्युत् उत्पादनमा दिने सहुलियत भन्दा स्वदेशी लगानीकर्ता र उत्पादकलाई बढी सहुलियत दिनुपर्छ सरकारले। यो नेपालका नेताका पनि नेता राष्ट्रनिर्माताको स्वदेशवादी नीति अनुकुल हनेछ। चोरी, गुण्डागर्दी, भ्रष्टाचारमुक्त र जनताको सहभागीतायुक्त विजुली नीति सरकारले ल्याउनु पर्दछ।

सरकारले विजुली विकासको जोरदशक घोषणा गर्नु पर्दछ। आजको बिहानी बिजुलीमा लगानीको कार्यक्रम ल्याउनु पर्दछ। साना आयोजनाबाट ठूलातिर जानुपर्छ। बढी सहुलियत देउ तर खोला ओगटेर बस्न नदेउ। अधेरी विरुद्ध युद्ध गरौं। युद्धस्तरमा विजुली उत्पादन गरौं। जलमा जनता कार्यक्रम अघि सार।

नेपाल जोगाउने र जगाउने स्वदेसवादी पृथ्वीविचारको पथमा बिजुली विकासको रथ लिएर नेपाललाई अघि बढाउने राष्ट्रिय सहमति बनाऔं। पानीमा राजनीति नगरौं। माफियागिरी पनि नगरौं। शब्दका घोडामा चढेर डलरको खेति पनि नगरौं पानीमा।

अंधेरी, खडेरी र गरिबीमा बसेर अर्थहीन अति राष्ट्रवादी पनि नबनौं। झन राष्ट्रघाती बनेर पानी सँगै बग्दै नबगौं। हाम्रो नेपालका राम्रा हिमाल दिनमा घामले टलल रातमा विजुली झलल, हिमनदी सलल विद्युत्ले चल्ने रेल मोटर केवलकारमा सरर धुवाँरहित नेपालमा पर्यटकहरुको लहर! किन चेत नआएको यी नेताहरुलाई?

हाम्रो स्वदेशवादी विचारको माउ आत्मनिर्भर पृथ्वीविचार हाम्रो विकासको मूल आधार सबैलाई चेतना भया। पृथ्वीनारायणको योगदान र पृथ्वीविचारको महत्वलाई अवमूल्यन गरेर उनलाई नेपालको शत्रु ठान्दै उनको सालिक ढाल्ने विदा फाल्नेहरु प्रयाश्चित गर्दै सच्चेनन् भने उनीहरुलाई नेपाल आमाले माफी दिँदैनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *