पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय
विराटनगर। पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने प्रादेशिक सरकारले निर्णय गरेको छ।
कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।
प्रतिक्रिया
Facebook Comment