राघव चड्डा र परिणिती चोपडालाई आम आदमी पार्टीका सांसदले किन बधाई दिए ?

डिसी नेपाल
१५ चैत २०७९ १२:१६

काठमाडौं । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडा गत हप्ता मुम्बईमा डिनरको समयमा सँगै देखिएका थिए।

त्यसयता दुवैको सँगै धेरै कुराहरु भइरहेका छन् । तर, उनीहरूले आफ्नो सम्बन्धबारे न त इन्कार गरे न त उनीहरुको भविष्य साथमा बिताउने योजनाको पुष्टि भयो । राज्यसभा सांसद सञ्जीव अरोराले एक कदम अगाडि बढेर राघव र परिणितीलाई बधाई दिएका छन् ।

सञ्जय अरोराले ट्वीट गरेका छन्, ‘म राघव र परिणितीलाई हृदयदेखि बधाई दिन्छु। दुबैमा माया र खुशी रहोस् । मेरो शुभकामना।’ सञ्जीव अरोराको यो ट्विटको प्रतिक्रियामा धेरैले बधाई दिइरहेका छन्, तर अहिलेसम्म दुवैले भविष्यमा कुनै निर्णय लिने वा लिइसकेका छन् भन्ने स्पष्ट भएको छैन ।

हालै राघव चड्डालाई समाचार एजेन्सी एएनआईले परिणिती चोपडा र विवाहको बारेमा प्रश्न सोधेको थियो, त्यसपछि उनले जवाफमा भने, “राजनीतिमा प्रश्न सोध्नुहोस्, परिणीतिमा होइन। यदि विवाहको बारेमा कुनै निर्णय भयो भने, म तपाईंलाई जानकारी दिन्छु।

धेरै मिडिया रिपोर्टमा भनिएको छ कि दुबै परिवारले एकअर्कालाई चिन्छन् र दुबै परिवार यस जोडीसँग खुसी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *