नेपालको गौरव र हिन्दु राष्ट्रको विचलन
इतिहासको पाना पल्टाउने हो भने नेपाललाई ऋषि नेमुनिले संरक्षण गरेर राखेको पाइन्छ। त्यसैले यो देशको नाम नेपाल रहन गयो। नेपाल बाहेक संसारका अरु कुनै राष्ट्र पनि यसरी एक व्यक्तिले संरक्षणमा गरेको पाइँदैन।
अतः नेपालको गौरव संसारको सृष्टि भएदेखि उजागर भएको छ। आराध्य देव महादेवले जब ब्रम्हालाई सृष्टिको अधिकार दिए पशचात ब्रम्हाले वेद, मानव र विभिन्न जलचर र स्थलचर प्राणीको यस संसारमा सृष्टि गरे। त्यस्तै अठार पुराणको निर्माण भयो।
ती हुन् महापुराण, अतिपुराण, पुराण र उपपुराण। ती सबै बहत्तर पुराण बिभिन्न बिषयगत रुपमा लेखिए। जस्तै मत्स्यपुराण, कुर्मपुराण, परशुरामपुराण, लिंग पुराण, वायुपुराण, शिवपुराण, दुर्गापुराण, गरुडपुराण आदि। आखिरमा श्रीमद्भागवत महापुराण नै लेखिने काम भयो जुन संसारको सबै भन्दा उत्कृष्ट ग्रन्थमा विश्व प्रशिद्ध छ। यो हिन्दु धर्म ग्रन्थमा र हिन्दु धर्ममा राजाको स्थान माथिल्लो श्रेणीमा राखिएको छ।
एक प्रसंगमा परशुरामले एक राजालाई मारेपछि पनि श्रीकृष्ण भगवानले एक जनालाई ल्यएर राजा बनाएका थिए। उनको नाम राजा परिक्षित थियो। यो प्रसंग भागवत महापुराणमा झैं छर्लंग छ। राजा बनाउने प्रसंग हिमवत खण्ड र मानस खण्डमा सयौंको संख्यामा पाइन्छ।
यो प्रसंग आजको भारतबाट प्रकाशित हुने हिमवत र मानस खण्डबाट किन झिकिएको छ थाहा भएन। यस कुराले नेपालले आफ्नो परिचय गुमाएकै छ।
हिमावत खण्डको कुरा गर्दा संसारका दश हिम टाकुराहरु मध्ये आठ हिमटाकुरा नेपालमै पाइन्छ। बाँकी एक पाकिस्तानमा र अर्को तिब्बतमा रहेको छ।
दोश्रो ठूल्ठूला नदीनाला नेपालको हिम शृंखलाबाट हरदम बगी रहेका छन्। कोसी, गण्डकी, कर्णाली र महाकाली मुख्य नदीहरु हुन्।
तेस्रो संसारका बहुप्रजातीय पुतलीहरु यहीँ पाइन्छन्।
चौथो संसारका प्राकृतिक सौन्दर्य नेपालमै छन्। पाँचौ यो संसारकै तप गर्ने थलो तपोभूमिको रुपमा नेपाल विश्व प्रसिद्ध छ। प्रायजसो सबै ऋषिमुनिहरुले यहीँ तपस्या गरेका थिए।
अन्त्यमा संसारकै सबैभन्दा पवित्र पुस्तक गीता यही देशमा रहेको छ जसले सारा संसारलाई जीवनको अधिकार र कर्तव्यको बोध गराउँदै विश्वलाई चकित पारेको छ। के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने सफल जीवनको परिचय दिएको छ।
यसको अलावा यो भूमिको परिचय स्वर्ग समान छ भनेर स्कन्द पुराणमा प्रस्ट व्याख्या भएको छ। स्वर्गका राजा इन्द्रकी आमा बसुन्धराको व्रतका लागि पारिजात फूल टिप्न स्वयम् इन्द्र भगवान आएको कुरा प्रस्ट छ।
धर्मकै कुरा गर्ने हो भने नेपालमा ३३ करोड देवताहरुको उहिले सृष्टि भइसकेको छ र हजारौ तीर्थ स्थलहरु यो देशमा परापूर्व कालदेखि नै अबस्थित छन्। कालक्रम कै शृंखलामा नेपालमा बडा महाराजधिराज पृथ्वीनारायण शाह जस्ता गौरबशाली राजाको जन्म यहीँ भएको थियो।
सयौं भुरे टाकुरे राज्यलाई एकै ठाउँमा मिलाउने काम उनैबाट भएको थियो। उनको उपदेशमा विदेशीलाई नेपालमा चलखेल नगराउनु भन्ने थियो र उनले नेपालको सुरक्षार्थ बिदेशीहरुलाई अत्यन्तै कडा नीतिहरु अबलम्बन गरेका थिए।
त्यस्तै गृर्वाणयुद्ध शाहदेवको पालामा अंग्रेजसँगको १८१४ देखि १८१६ सम्मको युद्धमा गोर्खालीको वीरताले नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा कांगडासम्म फैलिएको थियो।
त्यसताका नेपाललाई अंग्रेजले मोरङ, गडवाल, मकवानपुर, मलाउ, बुटवल, अल्मोडा, कुमाउ, नालापानी र जैथकबाट हमला गरेका थिए। त्यसबेला अंग्रेजले नेपाल खाएर झण्डै तिब्बत र चीनलाई पनि दख्खल अन्दाजको योजना बनाएका थिए।
तर बीर अमरसिंह थापा, उज्बिर सिंह, बलभद्र कुँवर, सरदार भक्ति थापा र बम्सु गुरुङ जस्ताको नेतृत्वमा वीर गोर्खालीहरुले अंग्रेजसँग भयानक युद्ध गरेका थिए र यो युद्धको अंग्रेजले निक्कै प्रसंशा पनि गरेका थिए।
आखिर अंग्रेजसँग नेपालीले सुगौली सम्झौता गर्न बाध्य भयो र नेपाल पूर्वमा मेची र पश्चिममा माहाकालीसम्म्मको सिमानामा आएर अड्नु पर्याे। जे भएपनि वीर गोर्खालीले नेपाल जोगाएकै हो। यही हो हाम्रो नेपालको ठूलो गौरबको इतिहास।
तर समयले कोल्टो फेर्दै जाँदा फेरि नेपालमा पश्चिमाली सभ्यता जबर्जस्ती भित्रिन थालेपछि चर्चहरुको स्थापना हुँदै गयो। विभिन्न मिसिनरिज खोलिएपछि नेपाल फेरि अंग्रेजको चंगुलमा फस्न गयो र नेपालमा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था खोलिँदै गए।
अंग्रेज सभ्यताले प्रश्रय पायो र जनता उपभोक्तावादी बनेर नेपालीको नैतिकतामा ह्रास आउन थाल्यो। नेताहरु लोभी पापी बनी देशको चिन्ता नगरी जनआस्थाको परवाह नगरी मनपरी शासन गर्न थाले र उनीहरुको गैर जिम्मेवारीपनले आज देशले राजपरिवारको जघन्य हत्या सहन पर्याे।
माओवादको ठूलो युद्ध पनि सहन पर्यो र हाम्रो जस्तो गरीब मुलुकले अरबौं रुपैयाँ खर्च गरी बाह्य भएर २०७२ सालको फेरि नयाँ संविधान त्यो पनि हिन्दु राष्ट्र र राजा त्यागी राष्ट्रपति शासन र धर्म निरपेक्षता अबलम्बन गरी देशमा राजा र धर्मको परिचयलाई अपचलन गरी नेपालको गौरवशाली पहिचानलाई सदाको निम्ति बिदाा गरियो।
आज न देशमा राजतन्त्र छ, न दरिलो लोकतन्त्र छ, नत राम्रो प्रजातन्त्र नै। न बलियो अर्थतन्त्र छ, नत दरिलो सामाजिक न्याय नै। आज संसारले हामीलाई गिज्याई रहेको छ हाम्रो धर्म, हाम्रो बिकास र हाम्रो राजनीति देखेर। यसरी हाम्रो गौरव र धर्ममा ठूलो विचलन आएको छ।
यसरी अपत्यारिलो रुपमा खस्कँदै गइरहेको नेपालको हरेक क्षेत्रको गौरबलाई अब कुन नेताले सुधार गर्दै लाने हो यो आज कल्पनाको बिषय बनेको छ। आज यो देशको अवश्था हेर्दा यहाँ अर्थविद, राजनीतिज्ञ, शिक्षविद छन् र? जस्तो लाग्छ।
यो नेपालको गौरब पुनः फिर्ता गर्न सकिन्छ र? जस्तो लाग्छ। तसर्थ अब सबै कुरा तिक्तता, घमण्ड, लोभ, लालच छोडेर निश्वार्थी बनेर देशको गौरब बढाउने काममा सबै लाग्नुको कुनै बिकल्प छैन। आज देशले राष्ट्रप्रेमी खोजेको छ। कर्मशील नागरिक खोजेको छ। उद्यमी खोजेको छ।
अनुसन्धानकर्ता खोजेको छ। दूरदृष्टी भएका अर्थविद् र शिक्षाविद् अनि आविष्कारक खोजेको छ। यी सबैले आ-आफ्नो क्षेत्रबाट हात बढाउने हो भने नेपालको गौरबलाई पुर्नजागरण गर्न धेरै वर्ष कुर्नु पर्दैन।
Facebook Comment