टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु रंगमा

डिसी नेपाल
२९ चैत २०७९ १७:२३

काठमाडौं। विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर टीभीएस एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरिन ब्लु रंगमा सार्वजनिक गरेको छ। पहिले रेस एडिसन रेड र रेस एडिसन एल्लो गरी दुई पेन्ट स्किम रहेकोमा अब यो तेस्रो पेन्ट स्किम भएको छ।

युनिराइड अटो प्रालि महालक्ष्मी स्थान र रेश अटो प्रालि कुमारिपाटि ललितपुरमा उपलब्ध छ यस अटो प्रालिका प्रोपाइटर निर्मल सिक्देलले बताए। सो स्कुटरको लन्च नाटा अध्यक्ष ध्रुब थापाले गरेका थिए।

टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने र कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनल राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीले जनाएको छ।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिने ।स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दिने कम्पनीको दाबी छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ।

कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ।

को सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, ग्क्द्य चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र त्ख्क् प्याटेन्टेड भ्श् सेन्टर स्ट्यान्ड रहेको छ ।

मरीन ब्लू कलरमा उपलब्द नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य रु. २,९९,९०० रहेको छ। यो नेपालभर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *