टाइगर ३ मा तीन एक्सन निर्देशक

डिसी नेपाल
३० चैत २०७९ १९:०१

मुम्बई । अभिनेता सलमान खान र शाहरुख खानको फिल्म ‘टाइगर ३’को एक्सन सिक्वेन्स बनाउन विश्वका प्रख्यात तीन एक्सन निर्देशक जोडिएका छन् । फिल्मका लागि फ्रान्ज स्पिलहस, परवेज शेख र से–योङ ओहले एकसाथ सहकार्य गर्न लागेका हुन् ।

फिल्मका निर्माता एक्सन सिक्वेन्सलाई अझ मनोरञ्जक बनाउन चाहन्छन् । ‘फिल्म पठानमा देखिएको एक्सनभन्दा जबरदस्त एक्सन ‘टाइगर ३’मा देखियोस् भन्ने निर्माताको चाहना हो’, फिल्म निकट स्रोतले भन्यो ।

फिल्ममा सलमान र शाहरुखको अभिनय रहने भएकाले पनि निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्मालाई फिल्ममा ऐतिहासिक एक्सन सिक्वेन्सलाई प्राथमिकता दिने चाहना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *