निजी बस भिरबाट खस्दा १३ जनाको मृत्यु
काठमाडौं । पुरानो पुणे-मुम्बई राजमार्गमा रहेको शिंग्रोबा मन्दिरको पछाडि एउटा निजी बस भिरबाट खसेको छ ।
उद्धार टोलीका एक कर्मचारीले पीटीआईलाई भने कि दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ।
मृतकमा महिला र बालबालिका समेत रहेको कर्मचारीले आशंका व्यक्त गरेका छन् ।
बसमा ४० देखि ४५ जना सवार रहेको बताइएको छ ।
बसमा फसेका यात्रुलाई निकाल्ने काम जारी रहेको उद्धार टोलीले जनाएको छ ।
घाइते यात्रुहरुको खोपोलीनगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment