एरोक्स १५५ः नेपालकै द्रुत गतिको अल्टिमेट स्कुटर बाइकिङ
काठमाडौं। यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ।
विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ।
यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ।
यसको १५५ सीसीको “R” DNA इन्जिनले 15 ps पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ।
अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ।
एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, RPM, र VVA सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ।
स्कूटरमा Yamaha Y-Connect जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ।
स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ।
जस्तै Variable Valve Actuation (VVA), इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप-स्टार्ट गर्ने विधी, र परिष्कृत सुरक्षाको लागि ABS सँग फ्रन्ट डिस्क ब्रेक। एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ।
यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा उपलब्ध छ: रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकको मूल्य रु. चार लाख चौहत्तर हजार नौ सय रहेको छ। यसलाई ग्राहक महानुभावहरुले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्नुहुनेछ।
इच्छुक ग्राहकहरूले स्कूटरको थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट ttps://www.maw2wheelers.com/ पनि हेर्न सक्छन्।
विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, “एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो। यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ। यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु।”
Facebook Comment