एसीसी प्रिमियर कपः नेपाललाई २३६ रनको लक्ष्य

डिसी नेपाल
५ वैशाख २०८० १२:३९

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ४६ रन तथा मुहम्मद अमिरले १७ रन बनाए । यस्तै अहमद फैजले सर्वाधिक ७६ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । यस्तै ललित राजवंशीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

प्रिमियर कपको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ ।

यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ ।

नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *