जावलाखेल र एपिएफ विजयी

डिसी नेपाल
६ वैशाख २०८० १९:१६

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा जावलाखेलका लागि फोडे फोफानाले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै जावलाखेलका हिसुब थपलियाले ५० र ८२ औं मिनेटमा गोल गरे भने एनकोटो मासोबीले ६५ र ७२ औं मिनेटमा गोल गरे । त्यस्तै अब्दुलाजिज निशोनवाबले ६५औं मिनेटमा गोल गरे । पुलिस क्लबका तर्फबाट एकमात्र गोल मोसेस टिवुमले खेलको ८८ औं मिनेटमा गरेका थिए । जितसंगै जावलाखेलले २० अंक जोडेको छ । पुलिस ५ अंकसहित अंक तालिकाको पुछारमा छ ।

त्यस्तै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । अर्मान्डले ३९औं मिनेटमा एकमात्रै निर्णायक गोल गरेका थिए । जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *