१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

डिसी नेपाल
७ वैशाख २०८० ७:५६

काठमाडौं। इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५-३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो। इन्टर पहिलो लेगमा २-० ले विजयी भएको थियो।

खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८ औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १-१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको ६५ औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २-१ को अग्रताको स्थीतिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३-१ को फराकिलो अग्रता कायम गर्न सक्यो

तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन। ८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याई दिए, त्यसमाथी इन्ज्युरी समयको ५ औंं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याउन सफल भए।

तर, पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २-० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो।

सन् २००९-१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । १३ बर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफनो नयाँ रणनीति बनाउने जनाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *