शून्य रनमै नेपालले गुमायो दुई विकेट
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालले दुई विकेट गुमाएको छ ।
नेपालले चौथो ओभरमा शून्य रन बनाएर दुई विकेट गुमाएको हो । तेस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल बिलाल खानको बलमा एलबीडब्लु आउट भए । यस्तै चौथो ओभरको चौथो बलमा आसिफ खान खलिमुल्लाहको बलमा आउट भए ।
चौथो ओभर सकिँदा पनि नेपालले खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया
Facebook Comment