कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको लक्ष्य

डिसी नेपाल
८ वैशाख २०८० १२:४९

काठमाडौं । युवा अलराउन्डर कुशल मल्लको शतकमा एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । यो नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च रन हो । यसअघि नेपालले पीएनजीविरुद्ध २९७ रन बनाएको थियो  । नेपालका लागि कुशल मल्ले १०८ रनको शानदार शतकीय पारी खेले । उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । कुशलले ५९ बलमा शतक प्रहार गरेका थिए ।

मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । यस्तै सोमपाल कामीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ९ चौका प्रहार गरे ।

भीम सार्की ३३ रन, आरिफ शेख २९ रन, कप्तान रोकित कुमार पौडेल २३ रन, सन्दीप लामिछाने ८ रन र करण केसीले २९ रन बनाए । ओमानका लागि आयान खानले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *