२७ दिनपछि रिहा भइन् अभिनेत्री क्रिसन परेरा
मुम्बई। ‘सडक २’ र ‘बाटला हाउस’ अभिनेत्री क्रिसन परेरा २७ दिनपछि शारजाहस्थित जेलबाट रिहा भएकी छन्। उनीमाथि शारजाह लगिएको एक ट्रफीमा लागुऔषध लुकाएको आरोप थिए। जसकारण उनलाई गत अप्रिल १ मा शारजाहको युएईस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।
क्रिसन जेलबाट रिहा भएपछि उनका परिवार खुशी भएका छन्। क्रिसनको परिवारले छोरीलाई जबरजस्ती फसाइएको आरोप लगाएका थिए। आरोपपछि मात्र प्रहरीले अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि पल नामका एक मास्टरमाइण्डले क्रिसनको आमासँग बदला लिन योजना बनाएको खुलेको थियो।
मुम्बई क्राइम ब्रान्चले दुई व्यक्ति एन्थोनी पल र राजेश बोबाटेलाई क्रिसनलाई लागुऔषध ओसारपसार मुद्दामा फसाएको आरोपमा पक्राउ गरेको छ। परिवारका अनुसार एन्थोनीले पार्टनरसँग मिलेर एक अन्तर्राष्ट्रिय वेब सिरिजमा अडिसन दिनका लागि क्रिसनलाई युएई बनाउने योजना बनाएका थिए। उनी युएई जाने बेलामा विमानस्थलमा उनलाई ट्रफी दिइएको थियो। जहाँ लागुऔषध राखिएको थियो।
Facebook Comment