मिडियासँग किन तर्किँदैछिन् कटरिना ?

डिसी नेपाल
२० वैशाख २०८० १२:४०

मुम्बई। बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन्। अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ। यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरिना किन टाढिएकी छिन् भन्ने गुनासो पोखेका छन्।

हालैमात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन्। जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए। यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन। उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन्।

कटरिना सार्वजनिक रुपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो। जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन्। निर्माताहरु फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन्। उनीहरु ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन्। यहीकारण कटरिना आफैंले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन्।

उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन्। कटरिनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो। त्यहीकारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *