सुडानमा ७ दिने युद्धविराम, पाँच लाख मानिस घरबारविहीन

डिसी नेपाल
२० वैशाख २०८० १६:०१

काठमाडौं । सुडानको नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी सैन्य समूहहरू एक साता लामो युद्धविराममा सहमत भएका छन्। यो युद्धविराम मे ४ बाट लागू हुनेछ ।

दक्षिण सुडानले दुई पक्षबीच यो सम्झौताको घोषणा गरेको छ। दक्षिण सुडानले शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउन दुवै पक्ष सहमत भएको जनाएको छ ।

तर, यसअघि दुई पक्षबीच भएको युद्धविराम टिक्न नसकेको र दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका छन् ।

१८ दिनअघि सुडानी सेना र अर्धसैनिक बल आरएसएफबीच सुरु भएको लडाइका कारण हालसम्म ५ लाख मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

राजधानी खार्तुममा मंगलबार पनि भिडन्त जारी रह्यो । पश्चिमी क्षेत्र डार्फरमा पनि भीषण लडाई सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार १५ अप्रिलमा द्वन्द्व सुरु भएयता १ लाखभन्दा बढी मानिसले देश छोडेका छन् ।

यदि युद्ध नरोकिए सुडानमा भयंकर विनाश हुने अधिकारीहरूले बताएका छन्।

सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार यस लडाइमा अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *