महिलाहरूसँग माछाको सट्टामा शारीरिक सम्बन्ध माग गरिएपछि बबाल
काठमाडौं । तीन सन्तानकी विधवा आमा क्याथरिन (नाम परिवर्तन भएको) माछा किन्न मलावी तालको किनारमा रहेको लुभुचीमा रहेको माछा मार्ने शिविरमा लगातार तीन दिन गइन्। तर तीनै दिन उनी खाली हात फर्किनुपरेको थियो किनभने उनले माछाको सट्टामा माछा मार्नेहरूलाई शारीरिक सम्बन्ध राख्न दिन अस्वीकार गरिन् ।
सन् २०१८ को यो घटनालाई स्मरण गर्दै क्याथरिन भन्छिन्, ‘मैले उनीहरूलाई तीन दिनसम्म इन्कार गरेँ तर त्यसपछि मेरो र छोराछोरीको जीवन कठिन हुँदै गयो । मेरो आम्दानीको एउटै श्रोत भएकाले मैले माछा बेच्नु जरूरी थियो । अब ४४ वर्षकी क्याथरिनले अल जजीरालाई भनिन्, ‘चौथो दिन म समुद्र तटमा फर्किएँ। यस पटक जब मसँग माछाको सट्टामा माछा मार्नेहरूले सेक्सको लागि सोधे, मैले अस्वीकार गर्न सकिन।’
मलावी सरकारको २०२१ को वार्षिक आर्थिक प्रतिवेदन अनुसार माछा मार्ने र बेच्ने कामले देशमा ५० हजार भन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ र देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान दिन्छ। पछिल्लो समय अत्यधिक माछा मार्ने र जलवायु परिवर्तनका कारण माछाको संख्यामा उल्लेख्य कमी आएको विज्ञहरु बताउँछन् ।
उत्तरी मलावीको मजुजु युनिभर्सिटीका मत्स्यपालन र जलीय विज्ञानका सह-प्राध्यापक फानुएल कापुते भन्छन् कि यसले तालको छेउमा रहेका मलावीका जिल्लाहरूमा माछाको सट्टामा सेक्स गर्ने प्रचलन बढेको छ। यी क्षेत्रका जनताको मुख्य आम्दानीको श्रोत माछा मार्ने र बेचबिखन नै हो । यो प्रवृति विशेषगरी माछा मार्नेहरूबाट माछा किन्ने महिला गरिब भएका क्षेत्रमा बढी छ।
उनले भने, ‘नोभेम्बर र डिसेम्बर महिनामा माछाको सट्टा यौनसम्पर्क गर्ने चलन झनै बढ्छ । किनकी यो समयमा माछा कम पाइन्छ र मानिसहरुबीच प्रतिस्पर्धा बढी हुन्छ ।’
सन् २०१२ देखि माछा मार्ने काम गर्दै आएका फ्रान्क नखानीले आफूले कहिल्यै पनि महिलासँग माछाका लागि सेक्सको माग नगरेको दाबी गरे । यद्यपि, उनले लुभुचीका धेरै माछा मार्नेहरूलाई चिन्ने बताए। कतिपय महिला आफैंले माछाको सट्टा पैसाको सट्टा माछा मार्नेलाई यौन सम्पर्क गराएको पनि उनले आरोप लगाएका छन् ।
उनले भने, ‘केही महिलासँग पैसा नै हुँदैन, त्यसैले पैसाको सट्टा यौनसम्पर्क गरेर माछाको मूल्य तिरिदिन्छु भन्छन् ।’ यो प्रवृत्ति मलावीमा गोप्य रूपमा चलिरहेको छ र यसका धेरैजसो केसहरू रिपोर्ट गरिएको छैन। यस कारणले गर्दा माछा बेच्ने मानिस र माछा बेच्ने महिलाको यकिन संख्या यकिन गर्न गाह्रो छ।’
रुम्फी जिल्लाको मत्स्यपालन विभागमा कार्यरत ओथ्नियल डुवे भन्छन् कि यो अभ्यासले महिला र माछा मार्नेहरूलाई एचआईभी र एड्सको जोखिममा पार्छ। उनी भन्छन्, ‘धेरै माछा मार्ने शिविर परिवर्तन गरिरहन्छन्। यस्तो अवस्थामा यदि उनीहरु भाइरसबाट संक्रमित भएमा उनीहरुले यसको संक्रमण अन्य शिविरका मानिसहरूलाई पनि दिन सक्छन् ।’
क्याथरीनको सपना बच्चाहरूलाई विद्यालयमा पढाउने थियो, तर उनको जीवनले फरक मोड लियो। विद्यालयमा पढ्दै गर्दा उनी पहिलो सन्तानबाट गर्भवती भइन् । जसका कारण उनले पढाइ छाड्नुपरेको थियो । दुई वर्षपछि उनले माछा बेच्न थालिन् ।
उनको पति एक क्लिनिकल अफिसर थिए जसको २०१७ मा मलेरियाबाट मृत्यु भयो। आफ्नो पतिको मृत्यु पछि, परिवारको पूर्ण जिम्मेवारी क्याथरीनमा पर्यो। उनले भनिन्, ‘पहिले माछा बेच्दिनथें, माछा बेच्न गएकी थिइन । त्यतिबेला श्रीमानले परिवार चलाउने गर्थे, तर उनको मृत्युपछि पूरै माछा बेच्ने काममा भर पर्नु परेको छ ।’
क्याथरिनले सन् २०१८ मा सस्तो मूल्यमा माछा किन्न धेरै मछुवाहरूसँग यौनसम्पर्क सुरु गरेको बताइन् । उनले धेरै वर्षसम्म माछाको सट्टामा आफ्नो शरीर बेचिन् । यो चक्र २०२२ मा समाप्त भयो जब लुभुचीकी केट मवाफुलिरवा नामकी महिलाले उनलाई तितुकुलाने नामक महिला सहकारीमा जोडिन् । चिचेवा भाषामा तितुकुलानेको अर्थ ‘एक अर्काको उत्थान’ हो।
५८ वर्षीय मवाफुलिरवाले गत वर्ष मात्रै सुरु गरेको ३० जनाको सहकारी चलाउँछिन् । क्याथरिन जस्तै, मवाफुलिरवा पनि उनको परिवारमा एक मात्र कमाई बर्ने सदस्य हुन् । उनको सात छोराछोरी र एक वृद्ध श्रीमान्को हेरचाह गर्ने जिम्मेवारी छ। मवाफुलिरवाले सन् १९८० को दशकमा माछा बेच्ने व्यवसाय सुरु गरेकी थिइन् ।
५८ वर्षीया मवाफुलिरवा भन्छिन्, ‘यस उमेरमा पनि युवा माछा मार्नेहरूले माछाको सट्टामा यौनसम्पर्क माग्छन् । उनले भनिन्, ‘माछाको बदलामा मसँग सेक्सको माग गर्नु उनीहरूको लागि निकै लाजमर्दो र अपमानजनक छ।
तितुकुलाने सहकारीले महिलाहरूलाई साना व्यवसायहरू सञ्चालन गर्न र आयका स्रोतहरू विविधीकरण गर्न सशक्त बनाउन काम गर्दछ। माछा किन्न एक्लै जानुको सट्टा अहिले महिला चार–पाँचको समूहमा जाने गरेकोले शारीरिक दुव्र्यवहार हुने सम्भावना कम हुने उनको भनाइ छ ।
Facebook Comment