इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरिया भ्रमणमा बसर अल असदलाई के भने ?

डिसी नेपाल
२१ वैशाख २०८० १५:३८

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सिरियाको भ्रमणमा छन् । पछिल्लो एक दशकमा इरानी नेताको यो पहिलो सिरिया भ्रमण हो।

राष्ट्रपति इब्राहिम रायसीले आफ्नो सिरियाली समकक्षी राष्ट्रपति बसर अल असदलाई यस भ्रमणमा सिरियाले १२ वर्षदेखि जारी युद्ध जितेको बताए ।

इब्राहिम रायसीले धम्की र प्रतिबन्धका बाबजुद राष्ट्रपति बसर अल असदले जित हासिल गरेको बताएका छन् ।

रुसको सहयोगसँगै सिरियाले तेहरानबाट सैन्य र आर्थिक सहयोग पनि पाइरहेको छ । जसका कारण राष्ट्रपति असदले सिरियाको ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएका छन् ।

इब्राहिम रायसीको सिरिया भ्रमणलाई दमास्कसलाई अरब राष्ट्रहरूको समूहमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।

विज्ञहरू भन्छन् कि सिरियाले पुनर्निर्माणको तयारी गरिरहेको छ र यस्तो अवस्थामा इरानले त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन चाहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *