काश्मिरमा झडप, पाँच भारतीय सैनिकको मृत्यु

डिसी नेपाल
२२ वैशाख २०८० २०:१७

श्रीनगर । भारत प्रशासित काश्मिरमा शुक्रबार पाँच सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ । ”

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा पाँच जनाको मृत्यु भएकाे थियाे ।

सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन् ।

यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *