सुडानमा युद्धविराममा प्रश्नचिन्ह, भारी सशस्त्र द्वन्द्व जारी
खार्तुम । सुडानमा हालैको युद्धविरामलाई प्रश्नको घेरामा राखिएको छ किनभने त्यहाँ अझै ठूलो सशस्त्र द्वन्द्व चलिरहेको छ।
प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुमको सडकमा ठूलो विस्फोट र बन्दुकको आवाज सुनेको बताएका छन्।
राजधानी खार्तुमको छेउमा रहेको ओमदुरमान र बहरी सहरबाट पनि भारी गोलाबारी भएको खबर प्राप्त भएको छ ।
सुडानको सेनाले बिहीबारदेखि सुरु हुने नयाँ सात दिने युद्धविरामको सम्मान गर्ने बताएको छ तर प्रतिद्वन्द्वी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
सुडानको सेनाले र्यापिड सपोर्ट फोर्सबाट बरामद गरिएका सैन्य सवारी साधन र हतियारको तस्बिर जारी गरेको छ।
संयुक्त राष्ट्रसंघीय सहायता निकाय युएनएएडका प्रमुख मार्टिन ग्रिफिथ्सले युद्ध जारी राख्न दुवै पक्षको जिद्दीले यो द्वन्द्वलाई विश्वव्यापी प्रकोपमा परिणत गर्ने खतरा रहेको बताएका छन् ।
Facebook Comment