कंगोमा बाढी र पहिरो, मृत्यु हुनेको संख्या २०३ पुग्यो
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २०३ पुगेको छ ।
यहाँको दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा बिहीबारको भारी वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ ।
पहिरोले दुई गाउँका घर भत्किएका छन् । कङ्गोली डाक्टर र नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेले आफूले मद्दतको लागि मेडिकल टोली पठाएको बताए।
दुई दिनअघि छिमेकी मुलुक रुवाण्डामा आएको बाढीमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढी जलवायु परिवर्तनको उदाहरण भएको बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment