चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीको भेटवार्ता

डिसी नेपाल
२५ वैशाख २०८० १३:२३

काठमाडौं । चीनका विदेशमन्त्री किन गाङले आफ्नो देश अफगानिस्तानको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन तयार रहेको तर तालिबानले नरम नीति अपनाउनुपर्ने र सरकारमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

पाकिस्तान र चीनले इस्लामाबादमा चौथो पाकिस्तान-चीन रणनीतिक संवादको पत्रकार सम्मेलनमा आफ्नो बयान जारी गरे। चीनका विदेशमन्त्रीले अफगानिस्तानको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफ्नो देश पाकिस्तानसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

तर सुरक्षाको मुद्दा अझै पनि चिन्ताको विषय बनेको दुवै देशको भनाइबाट स्पष्ट हुन्छ । पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा चिनियाँ विदेशमन्त्री गाङले तालिबानले नरम दृष्टिकोण, नीति र सरकारमा सबैको सहभागिताबारे निर्णय गर्नुपर्ने बताए ।

पाकिस्तानको अखबार द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानका विदेशमन्त्री बिलावल भट्टो जरदारीले अफगानिस्तानमा शान्ति यस क्षेत्रको ‘सामाजिक-आर्थिक विकास र समृद्धि’का लागि महत्त्वपूर्ण भएको बताएका छन्।

यो पत्रकार सम्मेलन मे ६ मा भएको हो । पाकिस्तानका विदेशमन्त्रीले जम्मु–कश्मीरको मुद्दामा पनि चीन आफ्नो देशसँग भएकोमा उनलाई धन्यवाद दिए ।

उनले पाकिस्तानले चीनको राष्ट्रिय हितका सबै मुद्दा ‘ताइवान, सिनजियाङ, हङकङ, तिब्बत र दक्षिण चीन सागर’ मा चीनलाई समर्थन गर्ने बताए।

मे ६ मा चीनका विदेशमन्त्रीले अफगानिस्तानको अन्तरिम सरकारका कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्ताकीलाई भेटे।

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान र चीनले अर्ब रुपैयाँको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोरबारे प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसको एक दिनअघि गोवामा सांघाई सहयोग संगठनका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको बैठकपछि विदेशमन्त्री एस. जयशंकरले भनेका थिए, “तथाकथित चीन-पाकिस्तान आर्थिक करिडोरको सम्बन्धमा, एससीओ बैठकमा एक पटक होइन दुई पटक स्पष्ट गरिएको थियो कि कनेक्टिभिटी प्रगतिको लागि राम्रो छ तर कनेक्टिभिटीले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई उल्लङ्घन गर्नु हुँदैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *