सिरिया १२ वर्षपछि अरब लिगमा फर्कने आशामा, अरब देशहरूले मतदान गरे
काठमाडौं । करिब १२ वर्षको निलम्बनपछि सिरियाको अरब लिगमा फर्किने पक्षमा अरब राष्ट्रहरूले आइतबार मतदान गरेका छन् ।
कतार यस मतदानमा अनुपस्थित रह्यो र सिरियालाई फिर्ता गर्ने बारे अरब देशहरू बीच कुनै सहमति छैन।
यसअघि धेरै देशका कूटनीतिज्ञहरू जोर्डनमा भेला भएका थिए र सिरियालाई अरब लिगमा फर्काउने विषयमा छलफल भएको थियो।
अहिले साउदी अरेबियाले मे १९ मा अरब लिगको सम्मेलन आयोजना गर्न लागेको छ ।
अरब लिगमा फर्कने निर्णयमा यो पनि समावेश छ कि ऊ वर्तमान द्वन्द्वको राजनीतिक समाधान खोज्न अरब सरकारहरूसँग वार्ता गर्न प्रतिबद्ध छ।
अरब लीगले साउदी अरेबिया र सिरियाका छिमेकी लेबनान, जोर्डन र इराकबीच सञ्चार समिति गठन गरेको छ।
तर, सिरियासँगको सम्बन्धलाई सामान्य बनाउन अरब राष्ट्रहरू एकमत छैनन् ।
प्रतिक्रिया
Facebook Comment