यात्रुले भरिएको बस नदीमा खस्दा १५ जनाको मृत्यु
काठमाडौं । मध्य प्रदेशको खरगोनमा एउटा बस पुलको रेलिङ भाँचेर नदीमा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले भने, “बिहान ८.४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा एउटा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो। अहिले पन्ध्र जनाको मृत्यु भएको खबर छ। २०-२५ जना घाइते छन्, सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।”
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोनमा मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५०–५० हजार रुपैयाँ र सामान्य घाइतेलाई २५–२५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रतिक्रिया
Facebook Comment